‘पदभन्दा सेवा महत्वपूर्ण’
बाँके। तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं.२०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बन्नुभयो ।
दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाई राज्यमन्त्री बन्नुभएका सुनार त्यसपछि शिक्षा सेवामा लाग्नुभयो । सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहनुभएको छ ।
‘पद होइन, समाजसेवा सम्झिए,’ उहाँले भन्नुभयो, ‘समाजसेवामा रम्न मन लाग्यो, मैले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरे र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए ।’ २०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने उहाँको अठोट छ । उहाँ भन्नुहुन्छ, ‘सांसद भएको व्यक्ति विद्यालयको अध्यक्ष १ तपाईको राजनीतिक यात्रा अब सकियो जस्ता प्रतिक्रियाहरु आइरहे । तर मैले यसलाई स्वभाविकरुपमै लिए । मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा स्थापना गरी देशकै नमूना विद्यालय बनाउन चाहन्छु ।’
उहाँले २० बर्षअघि पनि सोही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ । सो समयमा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन सुरु गर्न उहाँ सफल हुनुभएको थियो । ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु,’ उहाँले भन्नुभयो, ‘मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो, त्यही जिम्मेवारी मैले यहाँ महशुस गरेको छु ।’
उहाँ अध्यक्ष भएपछि अहिले विद्यालयको मुहार फेरिँदैछ । विद्यालयमा खेल मैदान र पर्खाल निर्माण भएको छ । आगामी शैक्षिक सत्रदेखि नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘निजी होइन, सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्छ, हामीसँग तालिम प्राप्त शिक्षकहरु हुनुहुन्छ, अनि हामीले लगानी गरेका सामुदायिक विद्यालयलाई हामीले खण्डहर बनाउने रु’ रासससँग प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘पर्याप्त भौतिक पूर्वाधारहरु हुँदाहुँदै पनि नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, अब हामी नीजि विद्यालयका विद्यार्थीभन्दा हामी अब्बल बनाउँछौँ ।’
आगामी शैक्षिक सत्रदेखि अंग्रेजी कक्षा सञ्चालनको तयारी गरिरहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, झोला र खाजाको निशुल्क व्यवस्था गर्ने तयारी गरेको छ । उहाँले सो विद्यालयलाई क्याम्पसका रुपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको बताउनुभयो । ‘आमरुपमा हाम्रो समाज योजना अभाव र कार्यान्वयन प्रक्रियामा फितलो छ, हामी योजना बनाउँदैनौं, यसबाट हाम्रा कामहरुले गति लिन सक्दैनन्’, उहाँले भन्नुभयो, ‘योजना बनाउँदा स्रोत जुट्छ, हामी योजना निर्माणसँगै स्रोत खोजी गरिरहेका छौँ ।’
नयाँ शैक्षिक सत्रदेखि विद्युतीय हाजिरीको सुरुवात हुँदैछ, उहाँ भन्नुहुन्छ, ‘शिक्षकले विद्यालयमा आउँदा र जाँदा हाजिरी गर्नुपर्नेछ, समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई हामी गयल गर्छौ र शिक्षकको तलव काट्छौं ।’
अध्यक्ष सुनारले विद्यालयमा चाहिने सबै आवश्यकताहरु हामी पुरा गर्छौ, तपाईहरु आफ्ना बच्चालाई विद्यालयमा भर्ना गरी नियमित पठाइदिन अभिभावकसँग आग्रह गर्नुभयो । जनताका छोरीछोरीले उच्च शिक्षासम्म निशुल्क पढ्न पाउँन्, विद्यालयको पढाई कस्तो भइरहेको छ, उहाँ आफै कक्षामा निरिक्षण र अनुगमन गर्दै विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुन्छ । पढाई भए÷नभएको सोधीखोजी गर्दै शिक्षकको कार्यशैलीका बारेमा जानकारी लिनुहुन्छ ।
बस किन्न रकम संकलन गरिँदै
तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा आवतजावतमा सहज बनाउन विद्यालयले बस सञ्चालन गर्ने भएको छ । बस खरिद गर्नका लागि विद्यालयलाई अभिभावकसंग आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म रु।२८ लाख ८७ हजार संकलन भइसकेको अध्यक्ष सुनारले जानकारी दिनुभयो । सामुदायिक विद्यालयलले पनि निजी विद्यालयजस्तै सेवासुविधा दिई विद्यार्थीलाई आकर्षण गर्न बस किन्ने योजना बनाएको उहाँले बताउनुभयो ।
२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दश जोड दुई सञ्चालन गरिरहेको छ । विद्यालयमा विद्यार्थीको चाप बढाउनका लागि शैक्षिक गुणस्तर बढाउनुका साथै भौतिक सुविधा पनि दिदै जाने योजना छ । यो शैक्षिक सत्रबाट विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











