टिप्स : जागिरका लागि अन्तर्वार्ता दिंदा के गर्ने ?
यदि तपाई आफ्नो पेशागत जीवनको सुरुवाती समय वा वर्षहरुमा हुनुहुन्छ भने काम गर्न जाँदा तपाईले प्राप्त गर्ने तलववारे निकै अन्योलता र तलव स्केलका विषयमा कुरा गर्न गाह्रो पर्नु स्वाभाविक हो ।
अब कर्मचारीको तलबबारे मानसिकता परिवर्तन गर्ने समय आईसक्यो । salary.com ले एक हजार राेजगारदाताहरूमा गरेको अध्ययनले बताउँछ कि ७३ प्रतिशत राेजगारदाताहरूले अन्तरवार्तामा उम्मेदवारहरुले तलवबारे गहकिलो संवाद गरुन्, केहि चुनौतीपूर्वक संवाद गर्न पाऊँ भन्ने आशा राख्दछन् । त्यसैले, तलवबारे कुरा गर्न अफ्ठेरो मान्नु पर्दैन ।
१) आफ्नो वर्तमान तलब र अपेक्षा गरेको तलबबारे कुरा नगर्नु
राेजगारदाताः ‘तपाईको बिगतको जागिरमा तलव र अन्य आयश्रोत कस्ता थिए ? अब समयमा कस्तो अपेक्षा छ ?’
उमेदवार: ‘म आफ्नो बिगतको तलबबारे खासै कुरा गर्न चाहान्न । अब आउँदो भविष्यमा म के-कस्तो योगदान दिन सक्छु भन्ने कुरामा नै आफूलाई केन्द्रित राख्न चाहन्छु । मैले कुनै निश्चित अङ्क सोचेर राखेको छैन । मलाई भन्दा धेरै त हजुरलाई थाहा छ कि मबाट के-कस्तो कामको अपेक्षा राखिएको छ र ती अपेक्षा गरेका सीप मभित्र छन् भने त्यसको मुल्यांकन हुन्छ भन्नेमा म ढुक्क छु । मेरो लागि यो जागिरले जिम्मेवारीको बोध गराओस, मलाई जवाफदेही बनाओस् । र, यसले मेरो जिविकोपार्जनको लागि संघर्ष गर्न नपरोस्, आफ्नो काममा संघर्ष गर्न सकू ।’
२) अफर (offer) गरेको तलबलाई मूल्यांकन गर्न सिकौं
तलव/पैसाको आवश्यकता तपाईलाई किन छ भन्ने कुरामा आफू प्रस्ट हुनुपर्छ । यदि तपाईको मेडिकल खर्च, पढाई खर्च अफिसले बेहोर्छु भनेको छ भने सायद तपाईको खर्चको ठूलो भाग पैसा नभए पनि पूरा हुन सक्छ है । विवेक पुर्याउनुस् । कमिसन, बोनस र अन्य सुबिधाहरुले काम गर्न बढि प्रेरित गर्ने हो, तलबले होइन । त्यसैले अन्य बोनसहरु जित्ने प्रतिबद्ता गर्नुस् । तलबले मान्छेलाई सुस्त र अल्छि, कहिले कहिँ लोभी पनि बनाउँन सक्छ । त्यसैले, विवेक पुर्याउनुस् तलव भनेको पनि पैसा हो । बोनस, कमिसन, सुबिधा पनि पैसा नै हुन् । यदि अन्य सुबिधामा धेरै फाईदा भेट्नुहुन्छ भने तलबको विषयमा धेरै संवाद नगरी स्मार्ट (smart) रहन सकिन्छ ।
३) आफ्नो तह, भूमिका, योग्यता र अनुभावबारे अनुसन्धान गरौं
बजारमा तपाईको सीप, क्षमताको सरदर तलव कति हो ? तपाईले सरदर भन्दा धेरै तलव लिए, सरदर भन्दा के कति बढी योगदान दिने, सरदर भन्दा थोरै तलब लिए तपाईको सीप, क्षमतामा के कमजोरी छ र आफूलाई कसरी सुधार गर्ने बारे मन्थन अवश्य गर्नुहोस् ।
४) व्यक्तिगत भन्दा पेशागत आवश्यकतालाई माथि राखेर कुरा गरौँ
मेरो र मेरो परिवारको यस्ता-त्यस्ता आवश्यकता छन् र घर खर्च चलाउन यति तलब भए मात्र पुग्छ भन्ने कुरा व्यक्त नगरेको राम्रो । कुनै पनि कार्यालयमा हुदाँ, पेशागत जीवनलाई पहिलो प्राथमिकता बनाउन सिकौं । मलाई आफ्नो काम सहजताका साथ गर्न यी श्रोतहरुको आवश्यकता पर्दछ र यी सुविधाहरु मैले पाउन सके, काममा राम्रो प्रस्तुति दिने प्रतिबद्धता व्यक्त गर्दै तलवको कुरा अघि बढाउँ ।
यी भए केहि प्रारम्भिक ज्ञान, अन्य एडवान्स टिप्स केहि समयमा हाम्रो कथाले फेरी पनि प्रस्तुत गर्ने छ ।
हामीले यो खबर हाम्रोकथा अनलाइनबाट लिएका हौं ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












