कार्तिक ११– १६ गतेसम्म यस्तो छ तपाईको साप्ताहिक रासिफल
मेषः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार मध्यम प्रायः रहनेछ । सोम, मंगलबार साताकै अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार सावधानयोग्य रहनेछ ।
वृषः साता मिश्रतप्रायःरहनेछ । शनि, रविबार भाग्योदयकारक रहनेछ । विद्यामा प्रगति हुनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पतिबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
मिथुनः साता सरदर खालको रहनेछ । शनि, रविबार मुख्य काममा व्यवधान बढ्नेछ । सोम, मंगलबार उच्चस्तरीय कार्यव्रmम बन्नेछ । पराव्रmम बढ्नेछ । बुध, बृहस्पतिबार मध्यम प्रायः रहनेछ । शुक्रबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ ।
कर्कटः साता मिश्रित प्रायः रहनेछ । शनि, रविबार नवीन आयस्रोत खुल्नेछ । मन रमाउनेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार भाग्योदयकारक रहनेछ । मुख्य अवसर प्राप्त हुनेछ । शुक्रबार मध्यम रहनेछ ।
सिंहः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार आटेको काममा सफलता मिल्नेछ । सोम, मंगलबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार भाग्यवर्धक अवसर मिल्नेछ ।
कन्याः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार मध्यम रहनेछ । सोम, मंगलबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ । बुध, बृहस्पतिबार लाभदायक काम बन्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
तुलाः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार धर्मकर्ममा अवरोध आउन सक्नेछ । बुध, बृहस्पतिबार मानोन्नतिको अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । शुक्रबार प्राप्तिका स्रोतहरु खुल्नेछन् ।
वृश्चिकः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार पारिवारिक सहयोग मिल्नेछ । रमाइलो गरिनेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार मध्यम प्रायः रहनेछ । शुक्रबार सम्मानित भइनेछ ।
धनुः साताको अघिल्ला दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । सोम, मंगलबार व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार मध्यम रहनेछ ।
मकरः साताको मध्य भागका दिन अनुकूल रहनेछन् । शनि, रविबार सावधानयोग्य रहनेछ । सोम, मंगलबार आटे ताकेको काम सजिलैसँग सम्पन्न हुनेछ । बुध, बृहस्पतिबार अत्यन्त सुखद र सहज रहनेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
कुम्भः साताको अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार चिन्ता हावि हुन सक्नेछ । बुध, बृहस्पतिबार शत्रुमाथि विजय प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । शुक्रबार यात्रा र पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् ।
मीनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनि, रविबार सर्वोत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार मध्यम प्रायः रहनेछ । शुक्रबार शत्रु परास्त हुनेछन् । मावलीतिरबाट सन्तोष मिल्नेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












