तिहार नआउँदै फूल झर्न थालेपछि किसान चिन्तित
काठमाडौँ । तिहार गतवर्षको भन्दा पक्कै पनि ढिला भएको हो । नेपाल पञ्चाङ्ग निर्णय समितिको कुरा बेग्लै होला । तर, तिहार आउन अझै केही दिन बाँकी नै छ । मौसमले पनि छिटो गरेर होकी यसपटक तिहारका लागि भनेर किसानले लगाएका सयपत्री, मखमली लगायत फूल छिट्टै फुलेको किसानहरू बताउँछन् । किसानहरूले लगाएका फूल बगैंचामै झर्न थालेका छन् ।
त्यस्तै काठमाडौँमै पनि कतिपयले कौसीमा फूल लगाएका छन् । बगैंचामा रोपेका छन् । तर, फूल झरेर सौन्दर्य हराएको छ । सौदन्र्य त हरायो नै भाइटीकामा माला उन्न भनेर बचाएर राखेको फूल झर्दा दिदीवहिनीहरू चिन्तित देखिन्छन् ।वत्तीसपुतलीकी विन्दु खनाल घरको कौशीमा फूल स्याहार्दै गरेको अवस्थामा भेटिइन् । भाइटीकाका लागि भनेर गमलामा रोपेको सयपत्री फुलेर झर्न थालेपछि उनी चिन्तित देखिन्थिन् । ‘अरु वर्षमा जस्तै असारको अन्तिमतिर रोपेको थिएँ, भाइटीका आएकै छैन, फूल फुलेर झर्न थालिसक्यो उनले भनिन् भाइटीकामा किन्नै पर्ने भयो ।
यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । पात्रो हेरेर फूल नरोप्नेहरु समस्यामा परेका छन् । सामान्यतः असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ । तर, यसपालिको भाइटीका अघिल्लो वर्षको भन्दा १९ दिन ढिला भएकाले सयपत्री फुलेर पनि झर्न थालेको छ ।
त्यसो त, शहरमा ठाउँ अभाव हुँदा र व्यस्त दैनिकीले आफैले दुःख गरेर फूल रोप्नुको सट्टा बजारे फूलले नै धेरै तिहारको गर्जो टार्ने गरेको छ ।
फ्लोचिकल्चर एशोसिएनसन अन्तर्गतको कट फ्लावर ग्रोवर उपसमितिकी सचिव एवं पुष्प व्यवसायी सुशीला कठायतका अनुसार पात्रो नहेरी व्यवसायिक फूल खेती नगर्ने कतिपय व्यवसायी फूल झर्न थालेपछि चिन्तित छन् । तिहारमा एक करोडको फूल कारोबार हुने गरेकोमा ३० देखि ३५ लाखको माला भारतबाट आउँछ । ९० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि तिहारमा माग ह्वात्तै बढ्न भएकाले १० प्रतिशत भारतीय बजारबाट ल्याउनै पर्ने बाध्यता छ ।
व्यवसायीका अनुसार यसवर्ष मखमली र गोदावरीको फूलको माला आन्तरिक उत्पादनले धान्ने भएकाले नपुगेको सयपत्रीको माला भारतबाट आयात हुनेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












