आप्रवासी रोक्न थप अमेरिकी सेना मेक्सिकोको सिमानामा
काठमाडौं । अमेरिकाले मेक्सिकोसँगको आफ्नो सीमामा ५ हजार २ सय सेना पठाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो ।
त्यहाँ यसअघि नै २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य परिचालित थिए । ट्रम्पको आग्रहपछि गत अप्रिलमा ती सदस्यलाई बोर्डरमा परिचालन गरिएको थियो । यसअघि ट्रम्पले आप्रवासीले आक्रमण गरे अमेरिकी सेनाले त्यसको प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए ।
जनरल टेरेन्स ओसोनुसीले ‘अपरेशन फेथफलु प्याट्रियोट’ नाम दिइएको अपरशेन टेक्सास, एरिजोना र क्यालिफोर्नियामा केन्दि्रत हुने बताएका छन् । जनरले आसोनुसीका अनुसार थप ५२ सय सैनिक यसै हप्ता परिचालन हुनेछन् । ती सेनाहरु हवाईजहाज, हेलिकप्टर र अस्त्र लिएर त्यहाँ उत्रने छन् ।
मेक्सिको भएर अघि बढिरहेका आप्रवासीहरु अमेरिकाबाट करिब १ हजार ६ सय किलोमिटरको दूरीमा छन् । ट्रम्पले सोमबार एक ट्वीट गर्दै अमेरिका प्रवेशका लागि अघि बढेको समूहमा आपराधिक समूह पनि रहेको बताएका छन् । उनले अमेरिका प्रवेश गर्न नदिइने प्रष्ट पार्दै वैधानिक बाटो अपनाएर मात्रै आउन आग्रह गरेका छन् ।
अमेरिकाको लागि अवैध आप्रवासी टाउको दुखाइको विषय बन्दै आइरहेको छ । आगामी नोभेम्बर ६ मा हुने निर्वाचनको परिणामलाई केन्द्रमा राखेर आप्रवासीको मुद्दालाई उठाएको आरोप पनि त्यहाँका राजनीतिक दलले एकअर्कालाई लगाएका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












