आप्रवासी रोक्न थप अमेरिकी सेना मेक्सिकोको सिमानामा
काठमाडौं । अमेरिकाले मेक्सिकोसँगको आफ्नो सीमामा ५ हजार २ सय सेना पठाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो ।
त्यहाँ यसअघि नै २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य परिचालित थिए । ट्रम्पको आग्रहपछि गत अप्रिलमा ती सदस्यलाई बोर्डरमा परिचालन गरिएको थियो । यसअघि ट्रम्पले आप्रवासीले आक्रमण गरे अमेरिकी सेनाले त्यसको प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए ।
जनरल टेरेन्स ओसोनुसीले ‘अपरेशन फेथफलु प्याट्रियोट’ नाम दिइएको अपरशेन टेक्सास, एरिजोना र क्यालिफोर्नियामा केन्दि्रत हुने बताएका छन् । जनरले आसोनुसीका अनुसार थप ५२ सय सैनिक यसै हप्ता परिचालन हुनेछन् । ती सेनाहरु हवाईजहाज, हेलिकप्टर र अस्त्र लिएर त्यहाँ उत्रने छन् ।
मेक्सिको भएर अघि बढिरहेका आप्रवासीहरु अमेरिकाबाट करिब १ हजार ६ सय किलोमिटरको दूरीमा छन् । ट्रम्पले सोमबार एक ट्वीट गर्दै अमेरिका प्रवेशका लागि अघि बढेको समूहमा आपराधिक समूह पनि रहेको बताएका छन् । उनले अमेरिका प्रवेश गर्न नदिइने प्रष्ट पार्दै वैधानिक बाटो अपनाएर मात्रै आउन आग्रह गरेका छन् ।
अमेरिकाको लागि अवैध आप्रवासी टाउको दुखाइको विषय बन्दै आइरहेको छ । आगामी नोभेम्बर ६ मा हुने निर्वाचनको परिणामलाई केन्द्रमा राखेर आप्रवासीको मुद्दालाई उठाएको आरोप पनि त्यहाँका राजनीतिक दलले एकअर्कालाई लगाएका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












