नेपाल–भारत सीमा क्षेत्र अनुगमन
पाँचथर। पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।
अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो । सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको पालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाउनुभयो । अनुगमन टोली हालै सीमा क्षेत्र पुगेर अनुगमन गरिएको सांसद नेम्बाङले जानकारी दिनुभयो । नेपाल–भारत सीमा क्षेत्र ४७ नं सीमा स्तम्भआसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा सिक्कीम प्रदेशका एसआरपी र नेपालका अनुगमन टोलीबीच बैठक बसी विभिन्न सहमति भएको नेम्बाङले जानकारी दिनुभयो ।
बैठकमा पाँचथरतर्फ सुरक्षापोष्ट राख्न चित्रे, वासुम डाँडालगायत सुविधायुक्त दुई ठाउँ छनौट गर्न पालिका अध्यक्षलाई जिम्मा दिइएको जिससप्रमुख सापकोटाले बताउनुभयो । अनुगमनका क्रममा पाँचथरका अनुगमन टोली र सिक्कीम प्रदेश सुरक्षाप्रमुख लक्ष्मण गुरुङसहितको सुरक्षाबीच बैठक बसेको थियो ।
बैठकमा सिक्किम र पाँचथर जोड्ने सिमानाका चिवाभञ्जाङसम्म सडक निर्माण भइरहेका बारे सिक्किम सुरक्षाप्रमुख गुरुङले आफ्नो प्रस्तुति गर्नुभएको थियो । पाँचथरका तर्फबाट निकट भविष्यमा नै नाका खोल्न दुवै देशमा पहल गरिने सांसद नेम्वाङले बताउनुभयो । अनुगमनपछि सांसद नेम्बाङले सांसदको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय तहसँग सहकार्य गरी पर्यटक अतिथि भवनको सम्भाव्यताअवलोकन गर्ने बताउनुभयो । पाँचथर, ताप्लेजुङ, सयुक्तरुपमा सङ्घ र प्रदेश सांसदको उपस्थितिमा भारत र नेपाल दुवै देशलाई फाइदा हुने गरी नाका खोलिने समेत पहल शुरु भएको समेत उहाँले बताउनुभयो ।
सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाउने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











