बलियो सरकारका कमी कमजोरीहरू

केदारनाथ नेपाल ‘निश्चल’/२०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् देशमा प्रान्तिय र संघीय निर्वाचन भयो । मताधिकार प्रयोग गर्न पाउनेहरूले मताधिकारको प्रयोग गरे । असोज महिनाको १७ गते अचानक भएको एमाले र माओबादीको चुनावी र पार्टी एकता गर्ने निर्णयले सबैलाई आश्चर्यमा मात्र पारेन् आम नेपालीको अनुहारमा देश विकासका नौलो आशाका किरणहरू देखा प¥यो ।
मंसिर २१ गते सम्पन्न निर्वाचनबाट एमाले–माओवादी गठबन्धनको पक्षमा बहुमत आयो । एमाले ठ्रलो दल बन्यो । माओवादी तेस्रो बन्यो । ठूलो दलको हैसियतमा एमाले अध्यक्ष खड्ग ओलीको नेतृत्वमा सरकार बन्यो । अहिले एमाले माओबादी मिलेर नयाँ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ बन्यो । सरकारलाई फोरम र राजपाले पनि सहयोग गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ भने राजपाले समर्थन मात्र गरेको छ ।
जनमतका हिसाबले अहिलेको सरकार इतिहासकै शक्तिशाली सरकार हो । सरकारले चाहेमा देशमा राजनीतिक, आर्थिक र सामाजिक रुपमा जस्तोसुकै परिवर्तन ल्याउन सक्छ । शान्तिसुरक्षा कायम गर्नु, विकास गर्नु, जनताको आधारभुत आवश्यक्ता पूरा गर्नु सरकारको दायित्वभित्र पर्छ । तर बेलाबखत मन्त्रीहरू र स्वयम् प्रधानमन्त्रीले बोल्ने भाषा र देखाउने व्यवहारले वर्तमान सरकार जनताप्रति होइन स्वार्थ सम्रहप्रति झुकाव रहेको संकेत गर्छ ।
३३ केजी सुन काण्डका दोषी पत्ता लगाउन नसक्नु, सिण्डिकेट हटाएको भ्रम जनतामा छर्नु तर सिण्डिकेटलाई जरैदेखि उखेल्न नसकेर व्यवसायीका अघि घुँडाटेक्नु, निर्मला पन्त हत्याकाण्डका अपराधीलाई १०० दिन सम्ममा पनि सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउन नसक्नुले पनि वर्तमान सरकारलाई इतिहासकै शक्तिशाली र निरीह सरकारको कोटीमा राख्न सकिन्छ ।
केहि समयअघि कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिनुप¥यो । उनले बङ्गलादेशमा पढ्न गएका चेलीहरूको बिषयमा आशंका गर्दै कुनै कार्यक्रममा बोलेका थिए । सो बिषयमा सबैभन्दा पहिला बोल्ने व्यक्ति व्यवसायी दुर्गा प्रसाई थिएँ । पछि अन्य व्यक्तिहरूले पनि बोलेका थिए । सरकारबाट कारबाही भए प्रसाईलाई पनि हुनुपर्थ्यो । तर भएन । यसबाट सरकार अहिले स्वार्थ समुहको घेराभित्र रहेको छ । सरकारका काम कारबाहीले त्यसलाई स्पष्ट संकेत गरेको छ । दुईतिहाइको सरकारको काम के हो ? बहुमत अनुसार कुन स्प्रिटमा सरकारले काम गर्न सक्छ ? यो बिषय सबैको अघि जगजाहेर रहेको बिषय हो ।
दुई तिहाइको दम्भ देखाउने प्रधानमन्त्रीले जनताको आवश्यक्ता र आशालाई सम्भावनामा बदल्दै देशलाई बिकासको बाटोमा हिँडाउनुपर्ने समयमा हास्यकलाकारले झै विभिन्न सभासमारोहमा उखान–टुक्का भन्ने बिपक्षीमाथि अपमानजनक तरिकाले शब्दहरुद्वारा प्रहार गर्ने दैनिकी हामीले सरकार गठन भएदेखि नै प्रधानमन्त्रीबाट पाउँदै आयौँ ।
मन्त्रीपरिषद्मा सहभागी केही मन्त्रीहरूले सुरुमा अनुगमनमा आफैं जाने, गाडीको प्रदूषण आफैं बाटोमा बसेर नाप्ने जस्ता काम गरे । वास्तवमा त्यो मन्त्रीको काम थिएन । त्यस्तो काम सस्तो लोकप्रियता कमाउने उदेश्यबाट प्रेरित थियो भन्ने प्रस्ट हुन्छ ।
विशेषगरी सरकार समर्थित दल नेकपाका मन्त्री नेता र कार्यकर्ता यो समयमा आफ्नो र पार्टीको आलोचना सुन्नै नचाहाने र नसक्ने अवस्थामा छन् । यतिबेला उनीहरूसँग दुई तिहाइको दम्भ छ । प्रशंसाले मानिसलाई असफल बनाउँछ । त्यो उनीहरूले पनि बुझ्नुपर्ने हो । तर, किन यो कुरा उनीहरूले मान्न चाहिरहेका छैनन् ।
समय अझै बाँकी छ । सरकारमा सहभागी केही मन्त्रीहरूले जनअपेक्षा अनुसार काम गर्न सकेका छैनन् । योग्य, सक्षम र इमान्दार व्यक्तिलाई मन्त्रीमण्डलमा ल्याएर असक्षमलाई मन्त्रीको कुर्सीबाट हटाउने, जनताका गुनासा सुन्ने, अपराधी र भ्रष्टाचारी आफ्नै पार्टीभित्रको भएपनि कारबाही गर्ने सार्वजनिक निकायलाई भ्रष्टाचारमुक्त बनाउँदै बिपक्षीको सल्लाह लिने र आवश्यक्ता अनुसार त्यसलाई पनि कार्यान्वयन गर्दै लैजाने हो भने, सरकारले इतिहासमा कसैले गर्न नसकेको काम गर्न सक्छ । यदी यसपटकको दुई तिहाइको समर्थन पाएको सरकारले पनि असफलताको कोटीमा नाम लेखायो भने मान्नुस् नेपाल अझै पचासौं बर्ष बन्दैन ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











