समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल बेच्ने बालक’
सरस्वती पाण्डे/पुस्तक विमोचनको दिन लेखक दामोदर न्यौपानेकै हातबाट प्राप्त गरेको बालबालिकाको मनोविज्ञानमा आधारित ‘स्कुल बेच्ने बालक’ पुस्तक पढ्न पाउँदा खुसी लाग्यो । आफ्नै छोरालाई मुख्य पात्र बनाएर उसका हरेक क्रियाकलाप र बालमस्तिष्कको उजागर गरिएको पुस्तक अत्यन्तै रोचक छ । लेखकका छोरा हार्दिक एउटा प्रतिनिधि पात्र भए पनि यो पुस्तकमा व्यक्त गरिएको भाव, विचार सम्पूर्ण बाललबालिका तथा अभिभावकको हो ।
हेर्दा सामान्य जस्तो लाग्ने विषय लाग्ने तर बुझ्दा अत्यन्तै रुमलिनुपर्ने बालबालिकाको मनलाई सुक्ष्म तरिकाले अध्ययन गरेर सरल भाषाशैलीका साथ लिपिबद्ध गरिएको पुस्तकमा पाइन्छ । हरेक अध्यायले पाठकलाई आफ्ना बालबालिकालाई बुझ्न सिकाएको छ । पुस्तकमा रहेका हार्दिक जस्ता पात्र हाम्रा प्रत्येक घर–घरमा छन् । हार्दिकका अभिभावकले सहनशील भएर हार्दिकको मनोभावना बुझिरहँदा कहिल्यै पनि पट्यार मान्नुभएको छैन । यो कुरा पुस्तकमा देखाइएको छ । यो पुस्तक यस्तो समयमा बाहिर ल्याउनु भएको छ कि जहाँ अहिले हरेक आमाबाबुले जन्मिएको केहि दिनमै ‘बेबी केयर’ र पढ्न जाने समय भएपछि ‘होस्टल’मा राखेर त्यहि बच्चाका भविष्य भन्दै एक्लै दौडिरहेका छन् र अन्तिममा आफ्ना बालबालिका बिग्रिएर सुधार्न नसकेर बिचलित बनेका उदाहरण धेरै छन् । अब त्यस्तो समय आउन नदिनको लागि घरमै सधैंभरी सँगै बसेर हाम्रो व्यवहारिक जीवन अगाडि बढाउन सम्भब नरहेको अवस्थामा व्यस्तताका बाबजुद पनि हामीले आफ्ना बालबच्चासँग कसरी व्यवहार गर्ने ? उनीहरूको मागलाई कसरी सम्बोधन गर्ने रु असल मार्गमा हिंडाउनको लागि बाबु–आमाको महत्त्व के छ ? भनेर पुस्तकले अभिभावकलाई झकझक्याउँछ ।
बालबालिकाका भविष्यको सुनौलो रेखा कोर्न शिक्षकको पनि उत्तिकै भूमिका रहेको पुस्तकमा उल्लेख छ । बालबालिकाको मनस्थिति शिक्षकको व्यवहारसँग पनि जोडिएको हुन्छ भन्ने कुरालाई पुस्तक मार्फत् बाहिर ल्याउनु अति उत्तम र प्रशंसनीय कार्य हो । बालबालिका हाम्रा भविष्य हुन् । हामीले दिएको परिवेश, वातावरण अनुसार उनीहरूले आफूलाई अगाडि बढाउँछन् । बालबालिका साना–साना कुराको सम्बोधन गरिदिनु हाम्रो कर्तव्य हो जस्ता गहकिला विचारलाई समेटिएको पुस्तक हरेक अभिभावकको हातमा, शिक्षकको हातमा, विद्यालयको पुस्तकालयमा रहनु जरुरी छ ।
‘स्कुल बेच्ने बालक’मा जोडतोडले उठाएको कुरा भनेको घर पहिलो पाठशाला हो । हामी स्कूलको मात्र भर प¥यौं भने पहिलो पाठशालाको सिकाई कमजोर हुन्छ । स्कूलमा बिताउने भनेको ४/५ घण्टा हो । त्यसभन्दा बाहेक बालबलिकाले घरमै विताउँछन् । घरमा कसरी सिकाउने, के सिकाउने भन्नेमा हामी अलमलमा छौँ । घरमा पनि व्यवस्थित तरिकाले सिकाउनुपर्छ भन्ने चेतना हामीमा छैन । घरमा के सिकाउने ? संस्कार सिकाउने । व्यवहार सिकाउने । रहनसहन सिकाउने । असल कुराहरू सिकाउने । पहिला सुन्ने, सुनेपछि बुझिन्छ । बुझेपछि जे आवश्यक छ त्यही सिकाउने । बालबालिकाका जिज्ञासाहरू शान्त पार्नुहुन्छ अनि उनीहरूले मेरा कुरा सुने भने अनुभूति गर्छन । उत्तर पाउँछन् । उत्तरले ज्ञानको दायरा बढ्दै जान्छ । बालबालिका पूर्ण मान्छे हुन् । तर, हामी उनीहरूलाई पूर्ण ठान्दैनौँ । उनीहरूबाट सिक्न चाहँदैनौ । सिक्ने कुरा धेरै छन् । ठूलासँग जे संवेग छ सानासँग पनि त्यही संवेग छ । हामीमा दया, माया, करुणा, रिस, डाहा, भय, सुखानुभूति आदि संवेग ठूलामा छ । सानामा पनि त्यही संवेग छ । तर, चेतनाको स्तर अनुसार संवेगमा फरक छ । त्यही भएर सानाका कुरा सुनौँ । किताब बालबालिकाका इच्छा, आकांक्षा, दया, माया, रिस, डाहा, इष्र्या जस्ता संवेगमाथिको लेखन हो ।
बालबालिकालाई हिंसा र कुदृष्टिले हेरिएका नजरहरू बदल्न कोसिस गर्नुपर्छ । पुस्तकको निचोड पनि यही हो । स्कुल बेच्ने बालक’ बालबालिकाको लालनपालन सम्बन्धी किताब हो । यसमा लालनपालनका सुक्ष्म मनोविश्लेषणात्मक र व्यवहारिक पक्षहरू समेटिएका छन् । लालनपालनमा यी पक्षहरूलाई छलफलमा ल्याउन, बहस चलाउन सक्नु मुख्य उद्देश्य हो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












