न्यायका लागि अनिश्चितकालीन धर्ना बस्दै निर्मलाका आमाबुवा
कञ्चनपुर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना वितिसकेको छ । लामो समयसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनको परिवार आइतबारदेखि धर्ना बसेकान छन् । उनीहरू यसपाली अनिश्चितकालीन धर्नामा बस्ने भएका हुन् ।
निर्मलाका बुवा यज्ञराज पन्तले छोरीले न्याय नपाएसम्म धर्ना बसिरहने बताए । ‘छोरीले न्याय नपाएसम्म धर्ना बसिरहन्छु । निर्मला सबैकी छोरी हो’ उनले भने, ‘अन्य छोरीले मेरो छोरीको जस्तो नियति भोग्नु नपरोस् भन्नका लागि पनि अनिश्चितकालीन धर्नामा साथ दिन सबैलाई आग्रह गर्छु ।’
बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि हुने अनिश्चितकालीन धर्नामा अधिकारकर्मी र नागरिक समाजले पनि समर्थन गर्ने भएका छन् । मदनचोकबाट र्याली निकालेर जिल्ला प्रशासनअघि पुगेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिले जनाएको छ ।
हत्यारा पत्ता लगाउन प्रहरीले शुरुदेखि लापरबाही गरेको निर्मलाका परिवारको आरोप छ । निर्मलाकी आमा दुर्गाले हत्यारा पत्ता लगाउँछु भनेर सबैले आश्वासन मात्र दिएको बताउँछिन् । उनले छोरीको हत्यारा पत्ता नलागेसम्म आफू र आफ्ना अन्य २ छोरी पनि असुरक्षित रहने बताइन् ।
उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा शंकास्पद देखाइएका र प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने माग निर्मलाका आफन्त र स्थानीयको छ । साउन १० गते प्रहरीलाई खबर गरेकै बेला खोजी नगरिदिने र दोस्रो दिन लास फेलापछि सबै प्रमाण नष्ट गर्ने प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान नगरिएको गुनासो पनि उनीहरुको छ । निर्मलाको न्यायका लागि पटकपटक भएका आन्दोलनमा एक जनाको मृत्यु भइसकेको छ भने केही घाइते छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












