आठ निजी क्याम्पसको भर्ना खुला
चितवन । मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो ।
विश्वद्यिालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेकाले सम्बन्धन पाएका निजी क्याम्पस सर्वाेच्च अदालत पुगेका थिए । उक्त अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेसँगै विश्वविद्यालयलाई भर्ना खुला गर्ने बाटो फुकुवा भएको विश्वविद्यालयका कानूनी सल्लाहकार टङ्कप्रसाद दुलालले बताउनुभयो । विद्यार्थीले सम्बन्धन दिने निर्णय विरुद्ध रिट निवेदन दायर गरे पनि अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो ।
विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गतको डिनको कार्यालयले आजदेखि मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत् भर्ना फाराम खोलेको छ । वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले अदालतको आदेश पालना गर्दै भर्ना खोलिएको बताउनुभयो ।
उहाँका अनुसार यसवर्ष कृषिमा ७६५ र वनमा १८० जनाले अध्ययन गर्न पाउनेछन् । विश्वविद्यालयको रामपुरमा १६५ जना भर्ना हुनेछन् । सोही प्रवेशपरीक्षाबाट उत्तीर्ण भएकामध्ये आङ्गिक सम्बन्धन पाएका कास्कीको पुरनचौर, धनकुटाको पाख्रिवास, सिन्धुलीको कपिलाकोट, कैलालीको टीकापुर र महोत्तरीको बर्दिबासमा ५०÷५० जना भर्ना हुन पाउनेछन् ।
यस्तै निजी सम्बन्धन पाएका पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् ।
वनतर्फ विश्वविद्यालयको हेटौँडा क्याम्पसमा ८०, आङ्गिक क्याम्पसमध्ये कटारीमा ५० र निजी सिद्धान्त क्याम्पस गैँडाकोटमा ५० विद्यार्थी भर्ना हुन पाउनेछन् । गतवर्ष विश्वविद्यालय अन्तर्गत कृषि विषय पढ्नका लागि चार हजार दुई सयले आवेदन दिएकामा ३६५ जनाले पढ्न पाएका थिए । वनतर्फ गतवर्षमा ८० जनाले मात्रै पढ्न पाएका थिए । यता विश्वविद्यालयले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले अनावश्यक ढङ्गबाट विश्वविद्यालयमा अवरोध खडा गर्नु जायज नभएको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...













