कसरी हुन्छ पायल्स ?
सुमित्रा कार्की /काठमाडौँ । हिजो आज पायल्सका बिरामीहरु बढ्दै गएको पाइन्छ । पयाल्स के कारणले गर्दा मानिसमा हुन्छ भन्ने कुरा राम्रोसँग मानिसलाई थाहा नभएका कारण यस रोगका बिरामीहरुको संख्या बढ्दै गएको हो ।
दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।पायल्स हुनुको केही प्रमुख कारणहरु यस्ता छन् :
१) गर्हौ वस्तु उठाउनु
गर्हौ वस्तु उठाउनाले पनि पाइल्स हुनसक्छ । धेरै गर्हौ वजन जबर्जस्ती उठाउादा शरीरको तल्लो भागमा दवाव पर्छ, जसका कारण तलको नसा फुटेर पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।
२) अधिक व्यायाम गर्नु
कतिपय मानिसलाई अधिक व्यायाम गर्नाले पनि पाइल्सको समस्या हुने गर्छ । शरीरको क्षमताभन्दा बढी व्यायाम गर्दा शरीरको तल्लो भागमा अधिक दवाव पर्छ र पाइल्स हुने सम्भावना बढ्छ ।
३) बाथरुममा धेरै बस्ने
बाथरुममा धेरै बेर बस्ने गर्नाले पाइल्स हुनसक्छ । विशेषगरी बाथरुममा धेरै बेर बसेर मल त्याग गर्दा धेरै जोर लगाउनु पर्छ । यसका कारण मलद्वारको नसा सुन्निने र पाइल्स हुने डर बढ्छ ।
४) जंकफुडको सेवन
बढी मात्रामा तेलयुक्त, अधिक वोसोयुक्त तथा जंकफुडको सेवनले पनि मल कडा हुने गर्छ । परिणामस्वरूप पाइल्सको समस्या निम्तनसक्छ ।
५) कब्जियत
कव्जियतका कारण पेटको फोहोर आन्द्रामै रहन्छ । आन्द्रामा फोहोर जमेमा उक्त फोहोरले मलद्वाराको नसामा असर पुर्याउाछ र उक्त नसा फुटेर पाइल्स हुने गर्छ ।
६) गर्भावस्था
गर्भावस्थाका कारण पनि कब्जियतको समस्या निम्तन्छ र कब्जियतका कारण पाइल्स हुने डर बढ्छ ।
७) निष्किय जीवनशैली
निष्किय जीवनशैली तथा व्यायामको कमीका कारण पाचन तन्त्र कमजोर हुन्छ । कमजोर पाचन तन्त्रका कारण खाना राम्ररी पच्दैन र मलत्याग गर्न समस्या हुने गर्छ । यसका कारण पनि पाइल्स हुनसक्छ ।
८) लुज मोसन
बारम्बार पखाला लागेमा, एकै दिनमा धेरै पटक दिसा गरेमा पनि मलद्वारको नसा कमजोर भई पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












