महिला हिंसाबारे निःशुल्क हेल्पलाइन ‘११४५’ को प्रभावकारिता बढ्दो
काठमाडौँ । राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै गएको छ ।
हेल्पलाइन शुरु भएदेखि यो एक वर्षको अवधिमा करीब ५० हजार फोन आएको छ । २०७४ मङ्सिर २५ देखि सञ्चालनमा आएको सो हल्पलाइनमार्फत अहिलेसम्म एक हजार ८४ वटा महिला हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् । करीब ५०० मिसकल मात्रै छन् ।
त्यसैगरी ११५ लाई अर्को सम्बन्धित निकायमा जानका लागि सूचना प्रदान गरिएको छ । १६४ लाई हेल्पलाइनबाट सिधै सम्बन्धित प्रहरीसँग कुराकानी गराइएको छ । आएको फोनमध्ये करीब छ हजार ३७७ लाई आयोगले विषय वस्तुसँग सम्बन्धित सूचना दिने गरेको कार्यक्रम व्यवस्थापक पलिता थापाले जानकारी दिनुभयो । धेरै फोन त सोधपुछका लागि पनि आउने गरेको छ ।
पहिलेको तुलनामा हेल्पलाइन शुरु गरिसकेपछि महिला हिंसाका घटना बढेसँगै उजुरीको सङ्ख्या पनि बढ्दै गएको हुँदा यसको प्रभावकारिता पनि बढ्दै गएको व्यवस्थापक थापाको भनाइ छ । हेल्पलाइन सूचना लिने र दिने माध्यम बनेको छ । “२४ सै घण्टा खुला हुने भएकाले उजुरी गर्न सजिलो भएको छ, त्यसैले उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ”, व्यवस्थापक थापाले भन्नुभयो ।
हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ मा महिला हिंसा, सामाजिक कुरीतिबाट पीडित भएको, महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्नबाट वञ्चित गरेको विषयमा पीडित व्यक्ति वा निजको तर्फबाट जोसुकैले खबर गर्न सकिनेछ ।
हिंसामा परेको व्यक्ति स्वयम्, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्ति, लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथामसम्बन्धी काम गर्ने सङ्घ संस्था र अन्य जुनसुकै व्यक्तिले ‘खबर गरौँ ११४५’ (हेल्पलाइन) को प्रयोग गर्न सकिन्छ । यो सेवाअन्तर्गत हिंसाबाट प्रभावित महिला र बालिकालाई राहत दिनका लागि हिंसामा परेमा निज व्यक्ति वा परिवारलाई टेलिफोनमार्फत परामर्श, सहयोग, सल्लाह वा सुझाव दिने गरिन्छ ।
त्यसैगरी अति हिंसामा परेका महिला तथा किशोरीका लागि सुरक्षित बास, कानूनी परामर्श तथा उपचार सेवा, १८ वर्षमुनिका प्रभावितलाई विशेष सेवा, मनोसामाजिक परामर्श सेवा र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेछ ।
हेल्पलाइनमा आएका उजुरीको मुद्दा व्यवस्थापन प्रणालीमा दर्ता भएपछि प्रारम्भिक छानबिनबाट हिंसा भएको वा अधिकारबाट वञ्चित भएको देखिए मुद्दाको प्रकृतिअनुसारका आवश्यक सेवा दिइने छ ।
आयोगमा हाल हिंसामा परेका महिलाले उजुरी दर्ता गर्न मौखिक वा लिखित उजुरी दिन सकिने कानूनी व्यवस्था भए पनि स्वयम् आफैँ उपस्थित हुनुपर्ने व्यवस्था थियो तर अहिले आफैँ वा अरूले समेत टेलिफोन, मोबाइल, एसएमएस वा अनलाइन जुनसुकै विधिबाट उजुरी दिन पाउने व्यवस्थाले पीडितलाई उजुरी दर्ता गर्न सजिलो भएको छ ।
सन् २०१४ मा विश्व बैङ्कले गरेको एक अध्ययनअनुसार आफ्नो जीवनसाथीबाट गरिने हिंसा व्यापक रहेका १५ देशमध्येमा नेपाल १४ औँ स्थानमा रहेको छ । त्यसैगरी नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्वेक्षण, सन् २०१६ ले ६६ प्रतिशत महिलाले कुनै किसिमको शारीरिक वा यौनिक हिंसा सहन्छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












