पर्यटकीय गाउँ भुजुङको चिया विदेशसम्म
लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।
डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ । उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले चियाखेती गरेका छन् । चियाखेती भुजुङ आउने पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । शुरुमा परीक्षणका लागि रोपिएका चिया अहिले विदेशबाट समेत माग हुन थालेपछि स्थानीय मख्ख परेका छन् ।
भुजुङगाउँ हाल क्व्होलासोंथर गाउँपालिका–४ मा पर्छ । साविकको भुजुङ गाउँका प्रत्यक वडाका स्थानीयले सामूहिकरूपमा चियाखेती गरेका हुन् । पहिले एक गाउँ एक गाविसका रूपमा चिनिएको भुजुङ गाउँमा घरबाससँगै चियाखेती पनि विस्तार भएपछि पर्यटक थप आकर्षित भएका छन् । गाउँ आउने पर्यटकले चिया लाने गरेको र विदेश पुगेर पनि पर्यटकले गाउँको चिया पठाउन अनुरोध गरेको घरबास सञ्चालक जुनी गुरुङले बताउनुभयो । “भुजुङको चिया अहिले अमेरिका, बेलायत, हङकङ, बु्रनाइसम्म पुगेको छ । उहाँले भन्नुभयो, विदेशका आफन्तलाई कोशेलीका रुपमा भुजुङको चिया पठाउने गरिएको छ ।”
डेढ दशकमा १० रोपनीबाट फैलिएरको चियाखेती यतिबेला २५० रोपनीमा फैलिएको छ । वडा सदस्य पित्रमान गुरुङका अनुसार ११ रोपनी क्षेत्रफल जग्गामा आठ हजार बिरुवा यसै वर्ष रोपिएको हो । वर्षैपिच्छे बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चियाखेतीमा सिङ्गो भुजुङ गाउँका करीब ४०० घरपरिवार लागेका छन् । सामुदायिक रूपमा चियाखेती गरिँदै आएकामा विस्तारै व्यक्तिगत रूपमा पनि १५ रोपनीभन्दा बढी क्षेत्रफल जग्गामा चियाखेती गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चियाखेती थालेका हुन् । एक्यापको सहयोगमा चियाका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । हरेक वर्षको चियाखेतीमा एक्यापले सहयोग गर्दै आएको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो । शुरुमा तीन वर्षको परीक्षण सफल भएपछि भुजुङवासीले २०५९ देखि थप चियाखेती विस्तार गरेका थिए । गुप्ताका अनुसार भुजुङमा तक्दा ७८ र गुम्दा नामक चियाखेती गरिँदै आएको छ ।
समुद्री सतहदेखि एक हजार ६०० देखि एक हजार ७०० मिटरको उचाइको ठाउँमा गरिएको चिया पुस र माघबाहेक १५÷१५ दिनको फरकमा टिप्ने गरिएको स्थानीयवासी बताउँछन् । अहिले गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरिएकाले गाउँमै चियाको प्रशोधन हुने गरेको छ । भुजुङमा पछिल्लो समय चिया बगान हेर्न महिला समूह र विद्यार्थी आउने गरेका छन् । (तस्वीर उपलब्ध छ)
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












