प्रचार–प्रसार नहुँदा ओझेलमा उदयपुरको बेतिनी भन्ज्याङ

न्युज–नेपाल संवाददाता / उदयपुर बेतिनी । उदयपुरको कटारी नगरपालिकास्थित बेतिनी भन्ज्याङ पर्यटनको लागि मुख्य आकर्षकको गन्तव्य भए पनि प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । उक्त स्थलमा छिनमा घाम लाग्ने, छिनमा कुहिरो लाग्ने र गर्मी याममा पनि चिसो हुने गर्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यस ठाउँको संरक्षण, संवद्र्धन र प्रचार गर्न सके मुलुकको पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् ।
बेतिनी भन्ज्याङको बजार ब्यबस्थापन, पर्यटनको लागि खानबस्नको सुविधा भए बेतिनी भन्ज्याङ पर्यटनको लागि आर्कषक गन्तव्य बन्न सक्ने स्थानीय केशव वस्नेतले बताए ।
पूर्व क्षेत्रकै पुरानो व्यापारिक केन्द्र कटारि बजारदेखि २२ किलोमिटर उत्तरमा पर्ने यस क्षेत्रमा घण्टा–घण्टामा मैसम परिवर्तन हुन्छ । पूर्वको पशुपति भनेर चिनिने खोटाङ हलेसी यही बाटो हुँदै जान्छ । बेतिनि यस्तो स्थान हो जहाँबाट सगरमाथा, भारत तथा नेपालको तराईको भू–भागको अवलोकन गर्न सकिन्छ ।
कटारि नगरपालिका ११ का वडा अध्यक्ष दीपक क्षेत्रीले भने,‘बेतिनि पर्यटनको एकदमै समभावना बोकेको ठाउँ हो । यहाँ हामीले भियुटावर देख्न सक्छौं । हलेसीसँग केबलकारको बिषयमा पनि हामीले छलफल अगाडि बढाएका छौँ । यहाँबाट २१ किलोमिटर तलजाँदा भित्री मधेस रहेपनि २१ किलोमिटरकै उचाइमा यस्तो ठाउँ हुनु राम्रो हो ।’
बेतिनी अहिले पनि परम्परागत उत्पादन पाउन सकिन्छ । फलफूल, सागसब्जी पनि पाउन सकिन्छ । तराईका बासिन्दा गर्मी मैसममा चिसोको लागि आउँछन् । पिकनिक मनाउनको लागि पनि यस ठाउँमा आउने गरेको स्थानीय बताउँछन् ।
केन्द्रीय तथा प्रदेश सरकार र स्थानिय तहले पर्यटन क्षेत्रको पहिचान र विकास गरी पर्यटनका माध्यमबाट रोजगारिको अवसर सिर्जना गर्ने नीतिलाई प्राथमिकतामा राखेका छन् । तर नीति एकातिर कार्यान्वयन अर्कोतिर हुने परिपाटीले बेतिनी भन्ज्याङजस्ता हजारौँ पर्यटकीय स्थलहरू ओझेलमा पर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











