बुढानिलकण्ठ मन्दिरको भेटीमा अनियमितता, अनुसन्धान गर्न सरकारसँग समतिकिो माग
काठमाडौँ । बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मन्दिरका मठाधीश स्वामी निगमानन्द महाराजसँग मन्दिरको नगद तथा जिन्सी सामानको खोजी गर्दा उल्टै आर्थिक अनियमितताको आरोप लगाएर समिति खारेज गर्न लागेको भन्दै सरकारलाई तत्काल यस विषयमा अनुसन्धान गर्न माग गरेको छ ।
समितिका अध्यक्ष शकुल शाह ठकुरीले आफूलाई भूमिसुधार तथा गुठी संस्थानले पाँच वर्षसम्मको लागि नियुक्ति पत्र दिएको भन्दै मठाधीशसँग नगद तथा जिन्सी सामानको बारेमा सोधिखोजी गर्दा उल्टै आर्थिक चलखेलको आरोप लगाएर उम्किन खोजेको आरोप लगाए ।
उनले भने,‘जोगी तीन प्रकारका हुन्छन्, धन नभएको जोगी, समाज बहिष्कारमा परेको जोगी र विद्वान जोगी, यस मन्दीरको मठाधीशजी कस्तो जोगी हो मलाई थाहा भएन, मेरो नेतृत्वको समिति १८ महिना भयो, यस समयमा मन्दीरको हितको बारेमा काम भएका छन्, भवनहरू बनेका छन्, गुरुकुल शिक्षामा आवद्ध चार–पाँच जना पूजारी बालकहरुको नाममा पैसा हिनामिना गरिने रहेछ, अहिले त्यो प्रकारको अनियमिततालाई रोकेर हामीले ५० जनालाई बस्ने खाने सबै व्यवस्था गरेका छौं, मन्दिरमा भएका अनियमितताका बारेमा आवाज उठाउँदा उल्टै हामीलाई आरोप लगाउन थाल्नुभयो । यो सरासर गलत छ, आफू बाच्नको लागि उहाँले यो कदम उठाउँदै हुनुहुन्छ, जुन कदमले उहाँलाईनै घात गर्छ ।’
त्यस्तै कार्यक्रममा समितिकी कोषाध्यक्ष रजनी पन्तले सरकारले नै धर्ममाथि आक्रमण गर्न थालेको आरोप लगाइन् । उनले भनिन्,‘हाम्रो पहिचान हिन्दुधर्म हो, हाम्रो संस्कार हो, सरकारले नै हिन्दु धर्म मासेर आयातित क्रिश्चियन धर्मलाई बढावा दिन खोज्दै छ, यो हाम्रो लागि स्वीकार्य छैन, सरकारको काम जनताको दुःखमा साथ दिने हो, विकास गर्ने हो, तर बुढानिलकण्ठ नारायणस्थानको मन्दिरमा राजनीति गर्ने होईन, हरेक मन्दिरहरूमा राजनीतिक नियुक्ति गरिँदो रहेछ ।’
प्रदेश सांसद दीपक निरौलाले पाँच वर्षको लागि बनेको समितिलाई भत्काएर नेकपासँग आस्था राख्ने र राजनीतिक पहुँच भएकाहरूलाई ल्याउने खेल खेलेको पनि उनले आरोप लगाइन् । उनले थपिन्,‘उहाँको काम यो होईन, उहाँले त देशको विकास गर्ने हो, एउटा मन्रिदमा आएर राजनीति गर्ने होइन, गुठी संस्थान र भूमिसुधार मन्त्रालयले यस विषयमा गम्भीर अध्ययन गर्नुपर्छ, हाम्रो माग कसैलाई हटाउने होईन, आर्थिक पारदर्शीताको कुरा हो, हामीले उठाएको माग मन्दिरका विकासको लागि हो ।’
वर्तमान सरकारले हिन्दुधर्ममाथि हमला गर्न खोजिरहेको उनको आरोप छ । उनले थपिन्,‘हामी चुप लागेर बस्दैनौं, यो उदाहरणको रूपमा आएको छ, एउटा मीन्दरको विषय होइन, सम्पूर्ण मन्दिरको हालत यस्तै छ, सम्पूर्ण मन्दिरको बारेमा छानविन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले भनिन्,‘हामीले मन्दिरको नाममा हुने गरेका गलत कार्यको वकालत गर्दा उल्टै आर्थिक चलखेलको आरोप लगाउदै राजनीतिक दलका नेतासँग पुग्न थाल्नुभएको छ, हाम्रो सामाजिक जीवन हो, उहाँले लगाउन्भएको आरोप प्रमाणित गर्नुपर्छ होइन, भने हामीले आफ्नो अधिकार खोज्छौं, कागजी रूपमा प्रमाणित गर्न आग्रह गर्दछु, उहाँ आफैं अनियमितता गर्नुहुन्छ अनि हामीलाई आरोप लगाउनुहुन्छ ?’
बुढानिलकण्ठ नारायणस्थान क्षेत्र विकास समितिका सदस्य सचिव मनोज कुमार श्रेष्ठले समितिकी पूर्व अध्यक्ष नर्वदा खड्का र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काको कार्यकाललाई समेत गुम्राहमा राखेर मठाधीश निगमानन्द महाराजले मन्लिरको नाममा आफूअनुकुल विल छाप्ने, रसिद काट्ने र जिन्सि सामानहरू आफूसँग राख्ने आरोप लगाए । भने,‘भारतीय दुतावासको आर्थिक सहयोगमा भवन बन्दैछ, त्यसको नाममा मठाधीशले शिलालेखमा तपाईको नाम लेखिन्छ भन्दै सर्वसाधारण तथा मन्दिरमा आउने भक्तजनरूसँग आँफै रसिद छापेर पैसा उठाउने गरेका छन्, यसका बारेमा हामीले आवाज उठाउँदा आफू चोखो बन्नको लागि अनेकन बाहना निकाल्दै हुनुहुन्छ ।’
समितिले मठाधीश निगमानन्द महाराजले आश्रमको नाममा थानकोटमा घर रहेको र मतदाता परिचय पत्रसमेत रहेको आरोप लगाएको छ । यता बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समिति खारेजको लागि गुठी संस्थानले पत्र काटिसकेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












