निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् । दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु एक÷एक करोडका दरले रकम विनियोजन गरी योजना छनोट गरिएका हुन् । सो निर्वाचन क्षेत्रमा खानेपानीमन्त्री विना मगर निर्वाचित प्रतिनिधिसभाका सांसद रहनुभएको छ ।
अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा रु चार करोडका दरले रकम विनियोजन गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरमा सम्पन्न भएको निर्वाचन क्षेत्र विकास योजना छनोटअन्तर्गत बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पुनर्वास नगरपालिकामा रु एक÷एक करोडका योजना छनोट भएका छन् ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले चारै स्थानीय तहमा सांसद एवं खानेपानीमन्त्री मगरले समान रूपमा बजेट विनियोजन गरी योजना छनोट गरेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ का सबै योजना टुङ््गो लागेका छन् ।
पुनर्वास र बेलौरी नगरपालिकामा छ÷छ योजना छनोट गरिएका छन् भने लालझाडीमा चर र बेलडाँडी गाउँपालिकामा छ योजना छनोट भएका छन् ।
पुनर्वासमा भ्यूटावर र शहीद भवन, बेलौरीमा रङ्गशाला, जटीबुटी केन्द्र निर्माण, लालझाडीमा रानाथारू बालउद्यान एवं घरबास र बेलडाँडीमा ऐतिहासिक प्राकृतिक कालिकिच ताल एवं सीमसार संरक्षणका लागि नयाँ योजना अघि सारिएको छ । पुनर्वास नगरपालिकामा लामैया नाला पुल निर्माण रु ४० लाख, पुनर्वास कभर्डहल निर्माण रु २० लाख, शहीद भवन निर्माण रु १० लाख, भ्यूटावर निर्माण रु १० लाख, दिव्य भवन रु १० लाख र गैसमति चर्च रु १० लाखका योजना छनोट गरिएको छ ।
बेलौरी नगरपालिकाअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत छनोट भएका योजनामा बेलौरी रङ्गशाला निर्माण रु ५० लाख, पडाउ गाउँ कालोपत्रे रु १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण रु १५ लाख, त्रिपुरासुन्दरी मन्दिर निर्माण रु १० लाख र तटबन्ध सुतियानालामा रु १० लाखका योजना छनोटमा परेका छन् । लालझाडी गाउँपालिकामा रानाथारू घरबास÷बाल उद्यान निर्माणका लागि रु ५० लाख, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नति रु २५ लाख र नन्दगाउँदेखि गडबिजलाताल सडक स्तरोन्नतिका लागि रु २५ लाख योजना छनोटमा परेका छन् ।
यसैगरी, बेलडाँडी गाउँपालिकामा कालिकिच ताल पर्यटन प्रवद्र्धनका लागि रु ४० लाख, वडा नं ३ मा सडक स्तरोन्नति रु २० लाख, जोगेन्द्र थापाको घरदेखि लक्ष्मण थापाको घरसम्म सडक स्तरोन्नति रु १० लाख, सीमसार संरक्षण रु १० लाख र रामजानकी मन्दिर निर्माणका लागि रु १० लाखका योजना छनोटमा परेका छन् । निर्वाचन क्षेत्र नं २ र ३ मा योजना छनोटमा विवाद भएकाले केही योजना टुङ्गो लाग्न बाँकी रहेको प्रमुख तामाङले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












