कामदारमैत्री कार्यक्षेत्र बनाउने साझा प्रतिबद्धता
काठमाडौँ । सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले राजधानीमा गरेको ‘कार्यक्षेमा कामको सुधारतात्मक अवस्था’ बिषयक नीतिगत छलफलमा कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अघि बढ्ने उनीहरूले साझा प्रतिवद्धता जनाएका हुन् ।
श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाएमात्र उत्पादन बढ्ने भएकाले यसतर्फ सरकार सचेतक रहेको बताए । उनले रोजगारदाता, उद्योगी, व्यवसायी सबै कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन प्रतिवद्ध हुनुपर्ने बताए ।
महाशाखा प्रमुख घिमिरेले श्रमिक पनि पूजी भएकाले खुसी श्रमिकले मात्रै उत्पादन बढाउन सक्छन् भन्नेमा उद्योगी व्यवसायीले ध्यान दिनुपर्ने बताए । कार्यक्षेत्रमा कामको वाताबरण, स्वास्थ्य सुरक्षाको अवस्था बुझ्न सरकारले अनुगमन सुरु गरेको पनि उहाँले जानकारी दिए । उनले सरकारले चालु आर्थिक बर्षको असोज मसान्तसम्म सरकारले २ सय ३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा मुलुक भरका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि जानकारी गराए ।
नेपाल उद्योग बाणिज्य महासंघका सदस्य एवम् महासंघको रोजगारदाता परिषद्का उपाध्यक्ष भरतराज आचार्यले श्रम ऐन र सामाजिक सुरक्षा ऐन सबै निकायको सहमतिमा आएकाले यसलाई सबै उद्योगले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्षेत्रमा कामदार मैत्री वातावरण बन्दै गएको र उद्योगहरूले श्रमिकलाई पूँजीका रूपमा हेर्न थालेको आचार्यले बताए ।
कार्यक्षेत्रलाई स्वस्थ र सुरक्षित बनाउन आफूहरू प्रतिवद्ध रहेको उनको भनाई छ ।
नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका उपाध्यक्ष एवम् श्रम सम्बन्ध परिषद्का संयोजक दिपक पौडेलले श्रम ऐन र सामाजिक सुरक्षा ऐन आइसकेपछि कार्यक्षेत्रमा अहिले सुधार हुदै गएको बताए । उनले यसलाई प्रर्ण कार्यान्वयमा ल्याउनका लागि सरकार, व्यवसायी र ट्रेड युनियन मिलेर अघि बढ्नुपर्ने बताउँदै फरक–फरक धारका ट्रेड युनियन पनि यस बिषयमा एउटै धारमा आएर काम गरिरहेको जानकारी दिए ।
अखिल नेपाल टे«य युनियन महासंघका उप–महासचिव प्रकाश श्रेष्ठले औद्योगिक हिसावले केही सुधार भएपनि कानुनमा उल्लेख भए अनुसार कार्यान्वयमा आउन नसकेको टिप्पणी गरे। एउटा कामदारले उद्योगमा कस्तो वातावरण पाउँछ त्यसले नै उत्पादन कस्तो हुन्छ भन्नेमा निर्भर हुने श्रेष्ठको भनाई छ । उन्नती समावेसी परियोजनाको सहयोगमा गरिएको नीतिगत छलफलमा सहभागि मजदुर, किसान, पत्रकाहरुले कार्यक्षेत्रमा कामको वातावरण राम्रो बनाउनभन्दा उत्पादन र नाफामा बढी ध्यान गएको गुनासो गरेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












