‘प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि अध्ययन आवश्यक’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकका प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि थप अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को समापन कार्यक्रममा उहाँले मुलुकका बहुमूल्य खनिजको उपयोगमा विज्ञको ज्ञान र अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता रहेकामा जोड दिनुभयो । भौगर्भिक अध्ययनबाट आर्थिक समृद्धिका लागि बहुमूल्य खनिजको उपयोग गर्न सरकार सदैव तयार रहेको उल्लेख गर्दै मन्त्री यादवले यसका लागि अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान र मौलिक शिक्षाको खाँचो रहेको बताउनुभयोे ।
समाजका अध्यक्ष डा कविराज पौड्यालले तीन दिनसम्म चलेको सम्मेलनका क्रममा भएका छलफल र त्यसबाट निक्केका निष्कर्ष मुलुकको दिगो विकास र आर्थिक समृद्धिका लागि योजना तथा नीति बनाउन उपयोगी हुने बताउनुभयो । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले लाखौँ जनताको जीवन आधारका रुपमा रहेको चुरे क्षेत्रको भौगर्भिक अवस्थाका बारेमा जानकारी गराउँदै संरक्षणका लागि सबैको प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य हरिराम पराजुली, समाजका उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलन आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद खनाल, सहसंयोजक रामप्रसाद घिमिरेलगायतले सम्मेलनका क्रममा भएका छलफलका बारेमा प्रकाश पार्दै मुलुकको विकास योजनामा त्यसको प्रयोग गर्नुुपर्नेमा जोड दिनुभयो । यही मङ्सिर ३ गतेदेखि शुरु भएको सम्मेलनमा विभिन्न १५ देशका करीब १५० भूगर्भवद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जीनीयरलगायत विज्ञको सहभागिता रहेको थियो । विसं २०३७ मा स्थापित समाजले भूविज्ञानसम्बन्धी सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












