दिपेन्द्र कँडेल ईनिसिएटिभ र साउथ दिल्ली नगरपालिकाले पब्लिक सेक्टर ईनोभेसनमा सहकार्य गर्ने
नयाँ दिल्ली । नेपालस्थित दिपेन्द्र कँडेल ईनिसिएटिभ (डिकेआई) र भारतको साउथ दिल्ली नगर कर्पोरेशन (एस.डि.एम.सि) ले पब्लिक सेक्टर ईनोेभेशनमा सहकार्य गर्ने भएका छन् ।
ईनिसिएटिभका अध्यक्ष पब्लिक सेक्टर ईनोभेटर ई. दिपेन्द्र कँडेल र साउद दिल्ली नगरपालिकाका मेयर नरेन्द्र चावलाबीच हालै दिल्लीमा भएको भेटवार्तामा सहकार्य गर्नेबारे सहमति भएको हो । कँडेलले आफ्नो ईनिसिएटिभले पहिलो सहकार्य यही नगरपालिकासँग गरेर आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय सहकार्यलाई समेत अघि बढाएको जनाए ।
उनका अनुसार साउद दिल्ली नगरपालिका भारतकै सबैभन्दा आकर्षण मानिएको नगरपालिका हो । कँडेलले आफ्नो संस्थाको क्षेत्रिय कार्यालयपनि दिल्लीमै राख्नेबारे अन्तिम तयारी गरिसकेका छन् । पब्लिक सेक्टर ईनोभेशनमा कसरी र यसमा पनि कुन कुन क्षेत्रमा सहकार्य गर्ने भन्नेबारे आफूले मस्यौदा प्रस्ताव पनि मेयर चावलालाई बुझाईसकेको कँडेलले जानकारी दिए ।
उक्त सहकार्यको सहमति बमोजिम डिकेआईले उक्त नगरपालिकासँग पब्लिक पोलिसीबारे ठोस अध्ययन तथा अनुशन्धान गर्ने र ट्राफिक व्यस्थापन, सरसफाई नीति, शिक्षा नीति, जन प्रशासन, व्युरोक्रेसी रिफर्म पोलिसी, ईम्प्लोईमेन्ट पोलिसी, माईग्रेशन पोलिसीलगायतमा पनि रिसर्च गर्ने उनले विश्वास दिलाए ।
उक्त सहमति पश्चात् उनले एक प्रेस वक्तव्य जारी गर्दै भने “यो हाम्रो पहिलो कदमसँगै यसले हामीलाई चूनौतिमात्रै होईन, हाम्रो संगठनलाई साउद दिल्ली म्युनिसिपल कर्पोरेशनलाई पब्लिक सेक्टर ईनोभेशनमार्फत एम्पावर गर्न पनि अवसर सिर्जना गरेको छ ।”
दिल्लीमा आफ्नो संस्थाको स्कोपबारे थप प्रकाश पार्दै कँडेलले थप सुनाए, “हामीलाई साउद दिल्ली म्युनिसिपाल कर्पोरेशनबाट डाटा चाहिन्छ । त्यसो भयो भने हामी रिसर्चको लागि फण्डिङ गर्छौं । र, सही र वस्तुपरक अध्ययन तथा विश्लेषणसहित सुहाउँदो नीति पनि हामी सिफारिश गर्छौं । काठमाडौंमा रहेको हाम्रो कार्यालयबाट डाटा कलेक्शन गरेर सिधै दुवईबाट मुख्य सञ्चालनमा रहेको हाम्रो कार्यालयमा पठाउँछौं ।”
कँडेलले साउद दिल्ली म्युनिसिपल कर्पोरेशनसँगको यस्तो प्रभावशाली कामको सहकार्य विल्कुल रिसर्चमा केन्द्रित हुने सुनाउँदै आगामी दिनमा दिल्ली र नेपालका अन्य नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्नेदेखि अन्य महत्वपूर्ण तालिम तथा शिक्षाको क्षेत्रमा सहकार्य गर्नपनि सकिने बताए ।
यसको लागि मेयर चावलासँग आफूले साउद दिल्ली नगरपालिका र उसलाई उपयुक्त हुने नेपालको नगरपालिकाबीच भगिनी सम्बन्ध तत्काल सुरु गर्नुपर्नेबारे पनि गरिने प्रस्ट पारेकोे कँडेलले जनाए ।
डिकेआईले दुवईका शेख मोहम्मद बिन रसिद अल माक्तौम, दुवईका शासक तथा प्रधानमन्त्रीको संरक्षणमा रहेको मोहम्मद बिन रसिद स्कुल अफ गभर्मेन्टसँग सहकार्य गर्दै आएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












