दिपेन्द्र कँडेल ईनिसिएटिभ र साउथ दिल्ली नगरपालिकाले पब्लिक सेक्टर ईनोभेसनमा सहकार्य गर्ने
नयाँ दिल्ली । नेपालस्थित दिपेन्द्र कँडेल ईनिसिएटिभ (डिकेआई) र भारतको साउथ दिल्ली नगर कर्पोरेशन (एस.डि.एम.सि) ले पब्लिक सेक्टर ईनोेभेशनमा सहकार्य गर्ने भएका छन् ।
ईनिसिएटिभका अध्यक्ष पब्लिक सेक्टर ईनोभेटर ई. दिपेन्द्र कँडेल र साउद दिल्ली नगरपालिकाका मेयर नरेन्द्र चावलाबीच हालै दिल्लीमा भएको भेटवार्तामा सहकार्य गर्नेबारे सहमति भएको हो । कँडेलले आफ्नो ईनिसिएटिभले पहिलो सहकार्य यही नगरपालिकासँग गरेर आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय सहकार्यलाई समेत अघि बढाएको जनाए ।
उनका अनुसार साउद दिल्ली नगरपालिका भारतकै सबैभन्दा आकर्षण मानिएको नगरपालिका हो । कँडेलले आफ्नो संस्थाको क्षेत्रिय कार्यालयपनि दिल्लीमै राख्नेबारे अन्तिम तयारी गरिसकेका छन् । पब्लिक सेक्टर ईनोभेशनमा कसरी र यसमा पनि कुन कुन क्षेत्रमा सहकार्य गर्ने भन्नेबारे आफूले मस्यौदा प्रस्ताव पनि मेयर चावलालाई बुझाईसकेको कँडेलले जानकारी दिए ।
उक्त सहकार्यको सहमति बमोजिम डिकेआईले उक्त नगरपालिकासँग पब्लिक पोलिसीबारे ठोस अध्ययन तथा अनुशन्धान गर्ने र ट्राफिक व्यस्थापन, सरसफाई नीति, शिक्षा नीति, जन प्रशासन, व्युरोक्रेसी रिफर्म पोलिसी, ईम्प्लोईमेन्ट पोलिसी, माईग्रेशन पोलिसीलगायतमा पनि रिसर्च गर्ने उनले विश्वास दिलाए ।
उक्त सहमति पश्चात् उनले एक प्रेस वक्तव्य जारी गर्दै भने “यो हाम्रो पहिलो कदमसँगै यसले हामीलाई चूनौतिमात्रै होईन, हाम्रो संगठनलाई साउद दिल्ली म्युनिसिपल कर्पोरेशनलाई पब्लिक सेक्टर ईनोभेशनमार्फत एम्पावर गर्न पनि अवसर सिर्जना गरेको छ ।”
दिल्लीमा आफ्नो संस्थाको स्कोपबारे थप प्रकाश पार्दै कँडेलले थप सुनाए, “हामीलाई साउद दिल्ली म्युनिसिपाल कर्पोरेशनबाट डाटा चाहिन्छ । त्यसो भयो भने हामी रिसर्चको लागि फण्डिङ गर्छौं । र, सही र वस्तुपरक अध्ययन तथा विश्लेषणसहित सुहाउँदो नीति पनि हामी सिफारिश गर्छौं । काठमाडौंमा रहेको हाम्रो कार्यालयबाट डाटा कलेक्शन गरेर सिधै दुवईबाट मुख्य सञ्चालनमा रहेको हाम्रो कार्यालयमा पठाउँछौं ।”
कँडेलले साउद दिल्ली म्युनिसिपल कर्पोरेशनसँगको यस्तो प्रभावशाली कामको सहकार्य विल्कुल रिसर्चमा केन्द्रित हुने सुनाउँदै आगामी दिनमा दिल्ली र नेपालका अन्य नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्नेदेखि अन्य महत्वपूर्ण तालिम तथा शिक्षाको क्षेत्रमा सहकार्य गर्नपनि सकिने बताए ।
यसको लागि मेयर चावलासँग आफूले साउद दिल्ली नगरपालिका र उसलाई उपयुक्त हुने नेपालको नगरपालिकाबीच भगिनी सम्बन्ध तत्काल सुरु गर्नुपर्नेबारे पनि गरिने प्रस्ट पारेकोे कँडेलले जनाए ।
डिकेआईले दुवईका शेख मोहम्मद बिन रसिद अल माक्तौम, दुवईका शासक तथा प्रधानमन्त्रीको संरक्षणमा रहेको मोहम्मद बिन रसिद स्कुल अफ गभर्मेन्टसँग सहकार्य गर्दै आएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












