विवादास्पद कार्यक्रममा प्रचण्ड र पुरी अतिथि बन्दै
काठमाडौं । सिख धर्मगुरु नानकको जन्मदिनको अवसरमा एक विवादास्पद व्यक्तिले भोलि (शुक्रबार) आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मञ्जिवसिंह पुरी सहभागी हुने भएका छन् । गुरुद्धारा सत्संग व्यवस्थापन समितिका बैधानिक अध्यक्ष कर्णेल सिंह हुन् ।
तर, अवैधानिक अध्यक्ष प्रितम सिंहले आयोजना गर्न लागेको उक्त कार्यक्रममा दाहाल र पुरी सहभागी हुने भएका हुन् । अवैधानिक अध्यक्ष सिंहले गुरुद्धारा सत्संग व्यवस्थापन समिति ४० वर्षदेखि कब्जा गर्दै आएका छन् । गुरुद्धाराका नाममा देश र विदेशबाट सिख धर्मावलम्बीहरुले दिएका दान, चन्दाको करोडौं रकम सिंहले हिनामिना गरेको आरोप छ ।
गुरुद्वारा सत्संग ब्यवस्थापन समितिका बैधानिक अध्यक्ष कर्णेल सिंहका नाममा बैंकखाता समेत सञ्चालन गर्न नदिई अवैधानिक अध्यक्ष सिंहले गुरुद्धाराका नाममा सिखहरुबाट उठेको रकम आफ्नै खातामा राख्दै आएको पनि उनीमाथि आरोप लागेको छ । गुरुद्धारा कुपण्डोलको जग्गा खरिद गर्ने सिख अगुवा रणजित सिंह चौधरीलाई धम्की दिएर उनले गुरुद्धारामा एकलौटी राज चलाउँदै आएका छन् । सिंहले आफ्नो विरोध गर्नेहरुलाई गुण्डा लगाउने र प्रहरीमा झुटा उजुरी दिएर फसाउने काम गर्दै आएको एक पीडितले बताए ।
अवैधानिक अध्यक्ष सिंहले गुरुद्धाराको २० वर्षसम्म नवीकरण नै नगरी एकलौटी देश र विदेशबाट उठेको रकम असुली गरिरहे, दुरुपयोग गरे । केही समयअघि गुरुद्धारा सत्संग व्यवस्थापन समिति कर्णेल सिंहको अध्यक्षतामा गठन भएको छ । उक्त समितिलाई कुनै जानकारी नै नदिई शुक्रबार गुरु नानकको जन्मदिनमा प्रितम सिंहले दाहाल र राजदूत पुरीलाई अतिथि बनाउन लागेका हुन् ।
दाहाल र पुरीले बुझ्दै नबुझि कार्यक्रममा सहभागी हुन स्वीकृती दिइसकेका छन् ।
अवैधानिक अध्यक्ष सिंहका आर्थिक अनियमितता र गुण्डागर्दीको विरोध गर्ने सिख अगुवाहरुलाई नेपालमै बस्न नसक्नेगरी लखेट्ने गरिएको छ । नेपालमा सिख पलायन हुनुको मुख्य कारण प्रितम सिंहको गुण्डागर्दी भएको नाम नबताउने शर्तमा एक सिख अगुवाले बताए । प्रितम सिंहले आफ्नो गलत क्रियाकलापको विरोध गर्नेलाई गुण्डा लगाउने र त्यति गर्दा पनि नभए प्रहरीमा झुटा उजुरी दिएर थुनाएका थुप्रै उदाहरण छन् ।
उनी पूर्व एआईजी विज्ञानराज शर्मा र बहालवाला प्रहरीका उच्च अधिकारीहरुसँग आफ्नो विशेष सम्बन्ध रहेको छ भन्दै सिखहरुलाई तर्साउने गर्दछन् ।
गुरुद्धाराका नाममा उठाएको करोडौं रकमबाट उनले बीरगञ्ज र बुटवलमा छोरा महेन्द्रपाल सिंहका नाममा जग्गा किने । त्यो जग्गा सिखहरुको दान र चन्दाबाट किनिएको थियो । सिखहरुलाई २०३६ सालमा राजा विरेन्द्रले नागरिकता दिन लाग्दा यिनै प्रितम सिंहले तर्साएर कुनै पनि सिखलाई नागरिकता लिन दिएनन् ।
तर, आफ्ना छोरा महेन्द्र पाललाई भने उनले नागरिकता बनाएर गुरुद्धाराको रकमबाट बुटवल र बीरगञ्जमा उनको नाममा जग्गा किने । सोही जग्गा बैंकमा राखी उनका छोराले ऋण लिए, मोजमस्तीमा उडाए । ऋण तिरेनन् । गुरुद्धाराको जग्गा लिलाम भयो । उक्त जग्गा खोज्ने सिखहरुलाई उनले गुण्डागर्दी गर्ने र प्रहरीमा झुटा मुद्दा दिएर दुःख दिइरहेका छन् ।
उनका नाति अंगदले पनि हजुरबाकै जस्तै सिख समुदायका व्यक्तिहरुलाई धम्याउने र गुरुद्धारा कब्जा गर्न सहयोग गर्दै आएका छन् । गुरुद्धाराको पुरातात्विक महत्वको भवन भत्काउँदा उनले पुरातत्व विभाग, सिख अगुवा कसैसँग पनि अनुमति नै लिएनन् ।
कुनै सयम प्रितम सिंहको विरोध गर्दा सिख समुदायका अगुवा आशा सिंहको हत्या भयो । उनका हत्यारालाई सिंहले भगाएर भारतको जम्मु कश्मिरमा संरक्षण गरेर राखेको आरोप लाग्दै आएको छ । प्रितमले ती हत्यारालाई महन्तको बडीगार्डको रुपमा राखेको स्रोतले बतायो ।
प्रितम सिंहले आफ्नो भ्रष्टाचारको विरोध गर्नेलाई कसरी तह लगाउँछन् भन्ने उदाहरण सरदार भाग सिंह नै हुन् । भाग सिंहलाई आतंककारीको आरोप लगाएर भारत सरकारबाट पक्राउ गर्न लगाई पाँच वर्ष थुनामा राख्न लगाए । अन्ततः भाग सिंह निर्दोष सावित भए र नेपाल आए । अझैसम्म पनि भारतीय दूताबासबाट प्रितम सिंहले भाग सिंहको पासपोर्ट दिनबाट रोकिरहेका छन् । यसबाट दूताबाससम्म अवैधानिक अध्यक्ष सिंहको पहुँच कति छ भन्ने देखिन्छ ।
भाग सिंहका छोरा हरसिमन सिंहले प्रितम सिंहका नाति अंगत सिंहको विरोधमा सामाजिक सञ्जालमा लेख्दा डेढ बर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंलाई दुरुपयोग गरी थुनाएका थिए ।
प्रितम सिंह स्वयम् भारतीय नागरिक हुन् । नागरिकता नभएको व्यक्ति कुनै पनि संस्थाको अध्यक्ष हुन सक्दैन । तर, प्रितम सिंह कसरी गुरुद्धाराको अध्यक्ष भए र नेकपाका अध्यक्ष दाहाल र राजदूत पुरीलाई गुरु नानकको जन्मदिनमा अतिथि बनाउन लागेका छन् ? बुझिनसक्नु भएको छ ।
-युनाइटेडपाेष्ट
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












