विवादास्पद कार्यक्रममा प्रचण्ड र पुरी अतिथि बन्दै
काठमाडौं । सिख धर्मगुरु नानकको जन्मदिनको अवसरमा एक विवादास्पद व्यक्तिले भोलि (शुक्रबार) आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मञ्जिवसिंह पुरी सहभागी हुने भएका छन् । गुरुद्धारा सत्संग व्यवस्थापन समितिका बैधानिक अध्यक्ष कर्णेल सिंह हुन् ।
तर, अवैधानिक अध्यक्ष प्रितम सिंहले आयोजना गर्न लागेको उक्त कार्यक्रममा दाहाल र पुरी सहभागी हुने भएका हुन् । अवैधानिक अध्यक्ष सिंहले गुरुद्धारा सत्संग व्यवस्थापन समिति ४० वर्षदेखि कब्जा गर्दै आएका छन् । गुरुद्धाराका नाममा देश र विदेशबाट सिख धर्मावलम्बीहरुले दिएका दान, चन्दाको करोडौं रकम सिंहले हिनामिना गरेको आरोप छ ।
गुरुद्वारा सत्संग ब्यवस्थापन समितिका बैधानिक अध्यक्ष कर्णेल सिंहका नाममा बैंकखाता समेत सञ्चालन गर्न नदिई अवैधानिक अध्यक्ष सिंहले गुरुद्धाराका नाममा सिखहरुबाट उठेको रकम आफ्नै खातामा राख्दै आएको पनि उनीमाथि आरोप लागेको छ । गुरुद्धारा कुपण्डोलको जग्गा खरिद गर्ने सिख अगुवा रणजित सिंह चौधरीलाई धम्की दिएर उनले गुरुद्धारामा एकलौटी राज चलाउँदै आएका छन् । सिंहले आफ्नो विरोध गर्नेहरुलाई गुण्डा लगाउने र प्रहरीमा झुटा उजुरी दिएर फसाउने काम गर्दै आएको एक पीडितले बताए ।
अवैधानिक अध्यक्ष सिंहले गुरुद्धाराको २० वर्षसम्म नवीकरण नै नगरी एकलौटी देश र विदेशबाट उठेको रकम असुली गरिरहे, दुरुपयोग गरे । केही समयअघि गुरुद्धारा सत्संग व्यवस्थापन समिति कर्णेल सिंहको अध्यक्षतामा गठन भएको छ । उक्त समितिलाई कुनै जानकारी नै नदिई शुक्रबार गुरु नानकको जन्मदिनमा प्रितम सिंहले दाहाल र राजदूत पुरीलाई अतिथि बनाउन लागेका हुन् ।
दाहाल र पुरीले बुझ्दै नबुझि कार्यक्रममा सहभागी हुन स्वीकृती दिइसकेका छन् ।
अवैधानिक अध्यक्ष सिंहका आर्थिक अनियमितता र गुण्डागर्दीको विरोध गर्ने सिख अगुवाहरुलाई नेपालमै बस्न नसक्नेगरी लखेट्ने गरिएको छ । नेपालमा सिख पलायन हुनुको मुख्य कारण प्रितम सिंहको गुण्डागर्दी भएको नाम नबताउने शर्तमा एक सिख अगुवाले बताए । प्रितम सिंहले आफ्नो गलत क्रियाकलापको विरोध गर्नेलाई गुण्डा लगाउने र त्यति गर्दा पनि नभए प्रहरीमा झुटा उजुरी दिएर थुनाएका थुप्रै उदाहरण छन् ।
उनी पूर्व एआईजी विज्ञानराज शर्मा र बहालवाला प्रहरीका उच्च अधिकारीहरुसँग आफ्नो विशेष सम्बन्ध रहेको छ भन्दै सिखहरुलाई तर्साउने गर्दछन् ।
गुरुद्धाराका नाममा उठाएको करोडौं रकमबाट उनले बीरगञ्ज र बुटवलमा छोरा महेन्द्रपाल सिंहका नाममा जग्गा किने । त्यो जग्गा सिखहरुको दान र चन्दाबाट किनिएको थियो । सिखहरुलाई २०३६ सालमा राजा विरेन्द्रले नागरिकता दिन लाग्दा यिनै प्रितम सिंहले तर्साएर कुनै पनि सिखलाई नागरिकता लिन दिएनन् ।
तर, आफ्ना छोरा महेन्द्र पाललाई भने उनले नागरिकता बनाएर गुरुद्धाराको रकमबाट बुटवल र बीरगञ्जमा उनको नाममा जग्गा किने । सोही जग्गा बैंकमा राखी उनका छोराले ऋण लिए, मोजमस्तीमा उडाए । ऋण तिरेनन् । गुरुद्धाराको जग्गा लिलाम भयो । उक्त जग्गा खोज्ने सिखहरुलाई उनले गुण्डागर्दी गर्ने र प्रहरीमा झुटा मुद्दा दिएर दुःख दिइरहेका छन् ।
उनका नाति अंगदले पनि हजुरबाकै जस्तै सिख समुदायका व्यक्तिहरुलाई धम्याउने र गुरुद्धारा कब्जा गर्न सहयोग गर्दै आएका छन् । गुरुद्धाराको पुरातात्विक महत्वको भवन भत्काउँदा उनले पुरातत्व विभाग, सिख अगुवा कसैसँग पनि अनुमति नै लिएनन् ।
कुनै सयम प्रितम सिंहको विरोध गर्दा सिख समुदायका अगुवा आशा सिंहको हत्या भयो । उनका हत्यारालाई सिंहले भगाएर भारतको जम्मु कश्मिरमा संरक्षण गरेर राखेको आरोप लाग्दै आएको छ । प्रितमले ती हत्यारालाई महन्तको बडीगार्डको रुपमा राखेको स्रोतले बतायो ।
प्रितम सिंहले आफ्नो भ्रष्टाचारको विरोध गर्नेलाई कसरी तह लगाउँछन् भन्ने उदाहरण सरदार भाग सिंह नै हुन् । भाग सिंहलाई आतंककारीको आरोप लगाएर भारत सरकारबाट पक्राउ गर्न लगाई पाँच वर्ष थुनामा राख्न लगाए । अन्ततः भाग सिंह निर्दोष सावित भए र नेपाल आए । अझैसम्म पनि भारतीय दूताबासबाट प्रितम सिंहले भाग सिंहको पासपोर्ट दिनबाट रोकिरहेका छन् । यसबाट दूताबाससम्म अवैधानिक अध्यक्ष सिंहको पहुँच कति छ भन्ने देखिन्छ ।
भाग सिंहका छोरा हरसिमन सिंहले प्रितम सिंहका नाति अंगत सिंहको विरोधमा सामाजिक सञ्जालमा लेख्दा डेढ बर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंलाई दुरुपयोग गरी थुनाएका थिए ।
प्रितम सिंह स्वयम् भारतीय नागरिक हुन् । नागरिकता नभएको व्यक्ति कुनै पनि संस्थाको अध्यक्ष हुन सक्दैन । तर, प्रितम सिंह कसरी गुरुद्धाराको अध्यक्ष भए र नेकपाका अध्यक्ष दाहाल र राजदूत पुरीलाई गुरु नानकको जन्मदिनमा अतिथि बनाउन लागेका छन् ? बुझिनसक्नु भएको छ ।
-युनाइटेडपाेष्ट
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












