किष्ट बैङ्कक डुबाउने तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती पक्राउ
काठमाडौँ । किष्ट बैङ्क घोटाला काण्डमा प्रहरीले बीएन घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रेष्ठ र घर्तीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् ।
श्रेष्ठ किष्ट बैङ्कका तत्कालीन डेपुटी जनरल म्यानेजर हुन् ।न्युज नेपालसँग कुरा गर्दै उनले भने, ‘हामीले नियन्त्रणमा लिएका छौं, अनुसन्धान हुँदैछ, बेलुकासम्म सबै विवरण दिन्छौं ।’
किष्ट बैङ्क घोटाला काण्डमा तत्कालीन प्रबन्धसञ्चालक कमलप्रसाद ज्ञवालीसँगै तत्कालीन नायब महाप्रबन्धक बीएन घर्तीसहित मुछिएका थिए । ज्ञवालीले जम्बो प्रकाशन प्रालिलाई कमसल धितो राखी १४ करोड ऋण दिलाएका थिए ।
ज्ञवालीको निर्देशनमा घर्तीले कर्जा फाइलमा हस्ताक्षर गरेका थिए । प्रहरीले यसअघि सोही काण्डमा तत्कालीन बैङ्कका प्रबन्ध सञ्चालक ज्ञवालीलाई गएको असोज १९ मा भारतबाट पक्राउ गरेको थियो । ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैङ्किङ कसुर ठहर गरेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












