डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, १४ को सनाखत (नामावलीसहित)
डडेल्धुरा । डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । तीमध्ये १४ जनाको सनाखत भएको छ ।
डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना हुँदा १८ को ज्यान गएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा शिखर नपा– ४ कि ३५ वर्षीया शशी विक, सोही नगरपालिका ११ कि २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।
त्यसैगरी, नवदुर्गा गाँउपालिका–३ का चक्र धामी, तीलक खाती, टेक धामी, नवदुर्गा गाउँपालिका–४ की माया रावल, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, सोही नगरपालिका–७ कि २२ वर्षीय योगेन्द्र बोहराको पनि सोही दुर्घटना परी ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाउने डोटीको शिखर नगरपालिका–७ का शंकर जोरा, कैलालीको गोदावरी नगरपालिका–१० का २३ पुरन कठायत, सोही स्थानकी २० वर्षीया शारदा कठायत, गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायतको पनि सनाखत भएको छ ।
बाँकी ४ जनाको भने सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।
दुर्घटनाका घाइते २७ मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ७ जना कोहलपुर पठाइएको छ। अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












