अमेरिकाले सबै राष्ट्रलाई भन्यो-हुवेइका सेवा र समान प्रयोग नगर्नु
काठमाडौँ । वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त राज्य अमेरिकाले आग्रह गरेको छ। साइबर सुरक्षाको खतरा देखाउँदै ‘वायरलेस’ तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वासिङ्टनसँग सहकार्य गर्दै आएका यूरोपेली तथा एसियाली मुलुकलाई चिनियाँ दूरसञ्चार कम्पनी हुवेईद्वारा प्रबाह गरिने सेवा तथा उक्त कम्पनीद्वारा निर्मित सामग्रीलाई प्रयोग नगर्न आग्रह गरेको वाल स्ट्रिट जर्नलमा उल्लेख छ।
हुवाईका सामान बढी प्रयोग हुने जर्मनी, इटाली र जापानजस्ता अमेरिका निकट मानिने राष्ट्रहरूका खासगरी सरकारी अधिकारीलाई लक्षित गरी अभियान चलाइएको उक्त पत्रिकामा उल्लेख छ। अमेरिकाले चिनियाँ कम्पनीमा निर्मित सामान प्रयोग नगर्ने मुलुकलाई उनीहरूको दूरसञ्चार विकासका लागि थप आर्थिक सहयोग गर्ने पनि पत्रिकामा उल्लेख गरिएको छ।
विश्वको सबैभन्दा धेरै दूरसञ्चारका सामग्री उत्पादन गर्ने तथा सेवा प्रदानगर्ने मध्ये एक हुवाईमाथि अमेरिका तथा अष्ट्रेलियाजस्ता केही मुलुकमा उक्त कम्पनीको बेइजिङसँगको निकट सम्बन्धका कारण सुक्ष्म अनुसन्धान पनि भइरहेको बताउने गरिएको छ। चिनियाँ गुप्तचर निकायसँग हुवार्इको आवद्धता रहेको दावी गर्दै अमेरिकाले सुरक्षा खतराबारे आफुमाथि लगाएको आरोपको हुवाईले खण्डन गरेको छ।
Comments
अरु समाचार
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...












