विद्यालयका लागि महायज्ञबाट दुई करोड संकलन, न्यानो कपडा पनि वितरण
कावासोती । अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव रु एक करोड ७५ लाख सङ्कलन गरेको छ । नवलपरासी मध्यविन्दु नगरपालिका–१ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव एवं धान्याञ्चल गीताज्ञान महायज्ञमा नगद र भूमिदान गरी सो रकम सङ्कलन गरिएको हो ।
सङ्कलित रकमबाट विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारमा खर्च गरिने विद्यालयका प्राधानाध्यपक दधिराम सापकोटाले बताउनुभयो ।
दुई सय ६५ विद्यार्थीले विद्यालयमा अध्यन गर्दै आएका र निजी स्रोतबाट दश शिक्षक राख्नुपरेको र उनीहरुको तलब जुटाउन समेत अप्ठ्यारो परेकाले महायज्ञ आयोजना गरिएको उहाँको भनाइ थियो । विद्यालयले निजी स्रोतका शिक्षकका लागि मासिक रु एक लाख १० हजार खर्च गर्दै आए पनि विद्यालयको आफ्नो आम्दानीको कुनै स्रोत नभएकाले समस्या हुँदै आएको प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो ।
न्यानो कपडा वितरण
देवचुली नगरपालिका–१ केउरेनी बोटेटोलमा रहेको नवजागरण आधारभूत विद्यालयका तीस विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । देवचुली जेसिजको जेसिज सप्ताह कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जेसिज अध्यक्ष शालिकराम पुरीले जानकारी दिनुभयो ।
उक्त विद्यालयमा बोटे, माझी समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका ती बालबालिकालाई न्यानो कपडा वितरणले पढाइमा निरन्तरता आउने र जाडो समयमा विद्यालय नै नआउने स्थिति अन्त्य हुने उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












