वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महीना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् ।
वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीसमेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा जनप्रतिनिधिनै आउँदैनन् अनि कसरी सेवा लिन हामी त्यहाँ जानु ?” वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि छेस्काममा भने त्यो नभएको स्थानीयको गुनासो छ ।
सेवा लिने सेवाग्राहीले वडाध्यक्षसँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय रामबहादुर कुलुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश वडाले कर्मचारीनै व्यवस्था गरेर कार्यालयबाट सेवा प्रदान गर्ने गरिएको भए पनि महाकुलुङमा कुनै व्यवस्था(सिस्टम) छैन ।” आफ्नै वडा कार्यालयको भवन भए पनि वडा कार्यालयको सेवा झोलामार्फत प्रदान गरिनु लज्जास्पद भएको स्थानीयको भनाइ छ ।
यता वडाध्यक्ष दिकबहादुर कुलुङले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताउनुभयो । वडासचिवसमेत स्वास्थ्यका कर्मचारी भएकाले आफूले झोलामार्फतनै वडा कार्यालयको सेवा प्रदान गर्ने गरेको बताउनुभयो । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडाध्यक्ष कुलुङले दाबी गर्नुभयो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











