पुनहिल हिमाली दृश्यका साथै सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ
पोखरा । गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ ।
हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी पर्यटक पुग्ने गरेको यो ठाउँले पछिल्लो समयमा स्वदेशी पर्यटकलाई पनि उत्तिकै आकर्षित गरेको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलको पदयात्राका क्रममा भेटिएका जर्मन नागरिक हर्वट बेडेनबेन्डरले यहाँबाट देखिने दृश्य अवर्णनीय भएको टिप्पणी गर्नुभयो ।
“लामो पदयात्रा मार्गमा हिँड्दा थकाइ लाग्नु स्वभाविकै हो,” उहाँले भन्नुभयो, “यहाँका यी रमणीय दृश्यले थकाइ बिर्साएको छ ।” अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको यस स्थान पर्यटकीय नगरी पोखरादेखि नजीक हुनुका साथै एकै स्थानबाट बहुदृश्य हेर्नका लागि पर्यटक पुग्ने गरेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवम् कार्यक्रम प्रमुख प्रदीप गैरेले बताउनुभयो । उहाँका अनुसार विदेशी पर्यटक मात्र नभई देशका विभिन्न स्थानहरूबाट भ्रमणका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समयमा उत्साहजनक रूपमा बढेको पाइन्छ । पदयात्राको मुख्य याममा दैनिक पाँच सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेको स्थानीयवासी वीरेन्द्र गर्बुजा बताउनुहुन्छ ।
देशको राजनीति तथा शान्तिसुरक्षाको अवस्था राम्रो बन्दै गएकोले विदेशी पर्ययक आगमन उत्साहजनक भएको बताउँदै गर्बुजाले दशैँ–तिहारको बिदाको समयमा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिएको उल्लेख गर्नुभयो । पुनहिलको प्रवेशद्वार घोडेपानीमा २५ वटा होटल छन् । यी होटलमा दैनिक एक हजार पाहुना बास बस्न सक्ने व्यवस्था छ । गाउँपालिकाले यस आर्थिक वर्षदेखि पुनहिल भ्रमण गर्न जाने स्वदेशी पर्यटकबाट प्रतिव्यक्ति रु ५० र विदेशीबाट रु १५० प्रवेश शूल्क लिन शुरु गरेको छ । सङ्कलित रकममध्ये ७० प्रतिशत वडाले छनोट गरेका योजना र ३० प्रतिशत गाउँपालिकाले परिचालन गर्ने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।
पर्यटकमध्ये कतिपय कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरी वा घान्द्रुक हुँदै जान्छन् भने कतिपय म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा हुँदै जान्छन् । घोडेपानीमा बास बसी सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्दै रमाउन बिहान ५ बजेको झिसमिसेमा आँखा मिच्दै झण्डै एक घण्टा पैदल हिँडेर पर्यटक पुनहिल पुग्ने गर्दछन् । असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम भए पनि झण्डै बाह्रै महीनाजस्तो पर्यटक यहाँ आउने गरेको टाढापानीस्थित होटल पानोरमा प्वाइन्ट एण्ड रेस्टुरेन्टका सञ्चालक मनबहादुर क्षेत्रीले बताउनुभयो । पुस–माघमा हिउँ खेल्न पाइनु र चैत–वैशाखमा पाखाभरि ढकमक्क फुल्ने गुराँस हेरेर रमाउन पाउनु यस क्षेत्रको विशिष्टता भएको उहाँको भनाइ छ ।
पुनहिलमा खिवाङ गाउँका स्व मे।टेकबहादुर पुनको स्मृतिमा ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिएको छ भने घोडेपानीका होटल व्यवसायीको पहलमा पदमार्ग, प्रवेशद्वार, सार्वजनिक शौचालय निर्माण भएको छ । पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गरी पुनहिलमा गाउँपालिकाले ‘फ्री वाइफाई’ जडानको तयारी गरेको छ । गाउँपालिकाका घान्द्रुक, उल्लेरी हुँदै ठूलो सङ्ख्यामा पर्यटक जाने गरेको वास्तविकतालाई दृष्टिगत गरी यस पदयात्रा मार्गको संरक्षण एवम् प्रवद्र्धनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिका प्रमुख युवराज कुँवरले बताउनुभयो । पदमार्ग क्षेत्रअन्तर्गत गाउँपालिका क्षेत्र भित्रका होटलमा परिकार महँगो भएको भन्ने जिज्ञासामा प्रमुख कुँवरले त्यसको अनुगमन गरी उचित मूल्य राख्न पहल गरिने बताउनुभयो ।
मनोमानी तथा अत्यधिक मूल्यका परिकारले पर्यटकमा नकारात्मक असर पार्ने बताउँदै नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले यसको नियन्त्रणमा स्थानीय तहले सक्रियता देखाउनुपर्ने धारणा राख्नुभयो । “पर्यटकलाई उचित सेवासुविधा दिएर त्यसअनुरूप सेवा शुल्क लिनु स्वाभाविकै हो, तर नसुहाउने किसिमले चर्को मूल्य सूची राखिनुहुँदैन,” उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












