तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ को अवस्था गम्भीर
काठमाडौँ । विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्। सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएका हुा् ।
घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ। उनीहरूसहित ६ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन्।
तीन जनामध्ये एकजनालाई पेटमा र अर्कालाई देब्रे तीघ्रामा गोली लागेको छ। उनको ओठ पनि काटिएको छ। अर्कालाई कम्मर र घुँडामा गोली लागेको छ।
एकजनाको खुट्टाको तल्लो भाग जलेको छ। दुई जनाको टाउकोमा घाउ भएको छ तीमध्ये एउटा कानमा पनि चोट लागेको छ।
एक जनालाई खुट्टामा छर्रा लागेको छ भने दुईजनाको छातीमा चोट लागेको छ। घाइतेमध्ये ६ जनाको बागराम अस्पताल र ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचार भइरहेको छ।
नर्थ केएआइए अस्पतालमा उपचार हुनेहरू सामान्य घाइते रहेको र उनीहरूको आजै डिस्चार्ज हुने बताइएको छ।
बुधबार भएको उक्त हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो।
यसअघि २०७३ असारमा क्यानडियन दूतावासको सुरक्षामा खटिएका १२ नेपालीको आत्मघाती हमला परी मृत्यु भएको थियो।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












