पार्टीको सिद्धान्त र सङ्घर्षलाई नछाड्ने : बिजुक्छे
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ ं। सो अवसरमा विद्यार्थीद्वारा प्रस्तुत विभिन्न शोधपत्र र ३१ वटा रोबोटसहितको दुईदिने शैक्षिक प्रर्दशनीसमेत आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिलाई कसैले पनि ख्यालठट्टाको विषय बनाउन नहुने बताउनुभयो ।
उहाँले नेमकिपाले आफ्नो सिद्धान्त र सङ्घर्षलाई नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युवापुस्ता राजनीतिमा नआए देश खतरामा पुग्ने चर्चा गर्र्दै उहाँले युवापुस्तामा पलाएको राजनीतिक वितृष्णालाई हटाएर राजनीतिमा ल्याउन सरकारले राम्रो काम गर्नुपर्ने बताउनुभयो । उहाँले नाफा र कमिशनका लागि मात्रै विश्वविद्यालय र कलेजहरू सञ्चालन गर्नु गलत भएको बताउँदै भक्तपुर नगरपालिकालाई विश्व विद्यालय सञ्चालनको स्वीकृति दिए नमूना बनाएर देखाउने दाबी गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमा देशभरिका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा लिएको चर्चा गर्दै विश्वविद्यालय माग गर्दा सरकारले नदिएको गुनासो गर्नुभयो ।
प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले काम गर्न नसकेको र काम नपाएको सन्दर्भ कोट्याउँदै प्रदेश सरकारको अस्तित्व राजनीतिक बुख्याँचाको रुपमा रहेको टिप्पणी गर्नुभयो । अर्का सांसद सिर्जना सैंजुले महिलाले पद पाउँदैमा समानता आउँछ भन्ने भ्रमलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षाको विकासमा फड्को मारेको बताउँदै नगरपालिकाले विभिन्न विषयका कलेज सञ्चालन गरी शैक्षिक जगत्मा उत्कृष्ट र नमूना बन्न सफल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रका रुपमा विकास गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा डा त्रिरत्न बज्राचार्य, इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राध्यापक डा प्रेमनाथ मास्के, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवालले कलेजको प्रगतिका बारेमा चर्चा गर्दै गुणस्तरीय शिक्षामा कलेजले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












