पर्यटक लोभ्याउँदै मकवानपुरगढी
हेटौँडा । शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा खुुशी लागेको बताउनुहुन्छ । रोजगारीका सिलसिलामा लामो समय कतारमा बस्नुभएका उहाँलाई स्वदेश फर्केपछि घरमै बसिरहन मन लागेन । दशैँ–तिहार मानेर पोखरेल परिवारसहित सुर्खेतदेखि मुगुको रारा र लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौँसम्मको यात्रा गरिसकेपछि आफूलाई उक्त गढी पनि हेर्न रहर जागेर आएको उहाँ उल्लेख गर्नुहुन्छ ।
दामनका सुशील भुजेलले पनि उक्त गढी अवलोकनका लागि आउनुभयो । “जिल्लाकै बासिन्दा भए पनि यहाँ आउने मौका जुरेको थिएन”, भुजेल भन्नुहुन्छ, “सरकारले उक्त गढीलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा ग¥यो अब यहाँ पर्यटक भित्र्याउनेतर्फ लाग्नुपर्छ ।” नेपालको एकीकरणसँगै जोडिएको सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा तीनवटै तहका सरकारको उत्तिकै ध्यान पुग्नुपर्ने उहाँको सुझाव छ ।
मकवानपुरगढीमा अचेल पर्यटकको चाप बढ्न थालेको छ । बिदाका दिन हेटौँडाबजारबाट ‘रिफ्रेस’ हुन त्यहाँ पुग्नेहरुको भीडभाडको दृश्य कुनै मेलाको भन्दा कम देखिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कात्तिक १५ गते घोषणा गरेको मुलुकका सय पर्यटकीयस्थलमध्ये मै पर्दछ, मकवानपुरगढी । स्थानीयवासी उद्धव घिमिरेका अनुसार पछिल्लो समय गढी क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ । “पहिले आक्कलझुक्कल देखापर्थे आजभोलि अझ बिदाका दिनमा त मेलै लागेजस्तो हुन्छ” उहाँ भन्नुहुन्छ ।
चीनको ‘ग्रेटवाल’को झल्को दिन्छ, गढीको प्रवेशद्वारले । यहाँ उभिएर फोटो र ‘सेल्फी’ खिच्नेहरुले झनै रौनक बढाइदिन्छन् । गढी क्षेत्रलाई ‘पिकनिक स्पट’का रुपमा विकास गरिएको छ । विभिन्न जिल्लाका स्कूल, कलेज, समूह र सहकारीका भ्रमणले गढीमा दिनहुँजसो आगन्तुकको ओइरो लाग्ने गर्दछ । व्यवस्थित अभिलेख नभए पनि सडक कालोपत्र तथा सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् ।
मकवानपुरगढी ऐतिहासिकस्थल भएकाले गाउँपालिकाको नाम पनि मकवानपुरगढी राखिएको हो ।साढे दुई सय वर्षअघि यही स्थानबाट अङ्गे्रजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास छ । मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । पक्की सडकका कारण पर्यटकलाई थप सहज भएको हो । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करीब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढी पनि हो । यहाँ अझै पनि पुराना दरबारसहित विभिन्न संरचना भग्नावशेषका रूपमा छन् । विसं १६१० मा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको अध्ययनबाट देखिन्छ ।
‘विजय स्मारक’
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं गुरुयोजना बनाएर गढी संरक्षण र प्रवद्र्वनमा आफूहरू जुटेको बताउनुहुन्छ । गढीलाई बृहत् विजय स्मारकका रूपमा अगाडि बढाउन लागिएको छ । दरबार, विजय पार्क, सानो गढी र ढुङ्गे गढीलाई जीर्णोद्धार गरी ‘विजय स्मारक’का रूपमा विकास गर्न लागिएको उहाँको भनाइ छ ।
नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा माघ १० गते विजय उत्सव मनाइने भएको छ । विसं १८१९ माघ १० गते तत्कालीन अङ्ग्रेज फौजलाई नेपाली ९गोर्खाली० सेनाले पराजित गरेका थिए । तीन हजार सङ्ख्यामा रहेको अङ्ग्रेज फौजलाई मकवानपुरगढी दरबारको तल्लो भाग शिखरकटेरीबाट नेपाली सेनाले अगाडि बढ्न नदिएर पराजित गरेको इतिहास थियो । विजयीस्थल शिखरकटेरी किल्लादेखि ढुङ्गे गढीसम्म पदमार्ग निर्माण गर्ने र नेपाल–अङ्ग्रेज युद्ध तथा नेपालको एकीकरण इतिहास झल्किने बृहत् स्मारक बनाउने गाउँपालिकाको योजना छ ।
गढी क्षेत्रमा मुकुन्द सेनकी रानीले रानी चौतारो बनाउन लगाएकी थिइन् । उक्त चौतारो अझै पनि देख्न सकिन्छ । अध्यक्ष हुमागाईं विजयी किल्लालाई ‘विजय पार्क’ बनाएर त्यहीँबाट पदमार्ग शुरु गरिने बताउनुहुन्छ । गढीको संरक्षण र स्मारक निर्माण गर्न चालू आवमा सङ्घीय सरकारले रू ८० लाख, प्रदेशले रू ५० लाख र स्थानीय सरकारले रू १५ लाख गरी रु एक करोड ४५ लाख बजेट विनियोजन गरिसकेका छन् ।
गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरखगण स्थापना गरेका थिए । चारैतिर अग्लो पर्खालले घेरेको सेनको दरबार थियो । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली हो । पृथ्वीनारायण शाहले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना बनाएका थिए । रासस
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












