निर्मला पन्त हत्याः सिन्धुलीका युवाहरूले गरे दवाब अभियानको शुरूवात
काठमाडौँ । निर्मला पन्तको बलत्कारिलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै नेपाल सरकारलाई सिन्धुली जिल्लाका युवाहरूले सदरमुकाममा दवाब अभियानको शुरूवात गरेका छन् । निर्मला बलात्कार तथा हत्या प्रकरणको झण्डै पाँच महिना बित्न लाग्दा पनि बलत्कारिलाई पक्राउ गर्न नसकेको भन्दै देशव्यापी आन्दोलन चलिरहेको बेलामा सिन्धुलीका युवाहरूले पनि सोमबार साँझदेखि दवाब अभियानको शुरूवात गरेका हुन् ।
सदरमुकाम सिन्धुलीमाढीमा रहेको लोकतान्त्रिक चौतारा, शान्तिनगर चोकको यात्रु प्रतिक्षालय, बजारमा चल्ने अधिकांश अट्टो र भित्ता तथा पोलहरूमा निर्मलाको तस्बिर भएको पम्पप्लेट ‘सरकार भेटियो, न्याय भेटिएन’ टाँसेका छन् । निर्मला स्वयम् बि विद्यार्थी भएको कारणले पनि आफूहरू पनि विद्यार्थी भएकाले यो अभियान सुचारू गरेको सहभागी युवाहरूले जानकारी दिए ।
अपराधी नसमातिनुले यो घटनालाई झनै रहस्यमय बनाउदै लगेको छ । कञ्चनपुरका मात्र हैन काठमाडौं लगायत देशभरका जनताल यस घटनाको यथार्थ लुकाइएको आरोप प्रहरी प्रशासन र सरकारलाई लगाएका छन । ‘दिन दुई गुण रात चौ गुण’का जस्तो यसले देश तथा विदेशमा चासो र चिन्ता जन्माएको छ । त्यसैको असर अब देशका अन्य जिल्लामा देखिन थालेका छन ।विद्यार्थी,वयस्क र वृद्ध हरु स्वयं स्वतस्फूर्त निर्मलाको निम्ति न्याय अभियानमा सहभागी भएका छन ।
यो प्रकरणमा सरकारले अपराधी पत्ता लगाएर अपराधीलाई कारवाही गरेर निर्मलालाई न्याय नदिए हामी सिन्धुली जिल्लाको हरेक स्थानीय तहमा आवाज लिएर पुग्ने र सबैलाई यो अभियानमा सरिक बनाउने अभियानमा संलग्न युवाहरूको भनाई छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












