माननीय राजेन्द्र गौतम नेतृत्वमा किमाथाङ्का अभियान
उत्तर–दक्षिण कोशी सडक आयोजनाको स्थलगत निरीक्षण
काठमाडौँ । प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र गौतमको नेतृत्वमा खाँदबारीदेखि किमाथाङ्कासम्म गएको २७ सदस्यीय भ्रमण टोलीले उत्तर–दक्षिण कोशी सडक आयोजनाको माथिल्लो /तल्लो एलाइन्मेन्टको स्थलगत निरीक्षण गरेको छ । मंसीर ४ बाट सुरु गरी मंसीर १२ गतेसम्म भ्रमण गरेको टोलीले उक्त सडकलाई यथाशिघ्र तल्लो एलाइन्मेन्टबाट किमाथाङ्कासम्म जोड्न निर्देशन दिएको मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
चिनीयाँ प्रतिनिधि मण्डलसँग शिष्टाचार भेट
किमाथाङ्कामा नाका खोल्दा आवश्यकीय सरकारी कार्यालय भन्सार, अध्यागमन, सीमा सुरक्षा चौकी, सीमा सुरक्षा बल, क्वारेन्टाइन (पशु र प्लान्ट) चेक पोस्टको स्थापनाका लागि अरुण नदीमा तत्काल तटबन्ध निर्माण गरिनुपर्ने आवश्यक रहेको छ र यसबारेमा नापी कार्यालयको तर्फबाट जग्गा नापजाँच समेत गरिएको हुनाले नेपाल सरकारलाई यसबारे यथार्थ प्रतिवेदन पेस गरिने भ्रमण टोलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘संघीय र प्रदेश सरकारको स्वीकृतिमा दुबै देशका प्रशासन कार्यालय र देङ्जीका प्रतिनिधिहरूकाबीचमा दुई देशको सीमा सुरक्षा अवस्था, व्यवसायिक गतिविधिमा तीव्रता आवागमनका विषयलाई समेट्दै पाँच बूँदे सहमति गरी आआफ्नो माथिल्लो आधिकारीक निकायसँग अनुमतिका निम्ति प्रतिवेदन पेस गरिएको छ । सोही अवसरमा चिनियाँ पक्षबाट भ्रमण दलमा सामेल भएका माननीय ज्यूहरूसँग शिष्टाचार भेटघाट गरी आपसी हितका विषयमा संक्षिप्त कुराकानी भएको छ ।’
किमाथाङ्कामा रहँदा वडाकार्यालयको उद्घाटन, विद्यालय, स्वास्थ्य चौकी एवम् सरकारी कार्यालयहरूको अनुगमन तथा निरिक्षण समेत भ्रमण टोलीले गरेको छ । त्यस्तै निर्माणाधिन अरुण तेस्रो आयोजना प्रगतीको बारेमा साइट इन्जिनीयरहरूसँग जानकारी पनि टोलीले लिएको छ ।
चिनियाँ पक्षसँग र्वार्तापछि सामूहिक तस्बिरमा
भ्रमण टोलीले भोटखोला गाउँपालिकाको केन्द्र हटिया र गोला वजारमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट घुम्ती शिविर आयोजना गरेर नागरिकता वितरण कार्यक्रम सम्पन्न भएको छ । यस्ता कार्यहरू दुर्गम क्षेत्रमा अझ व्यापक बनाउनु पर्ने आवश्यकता रहेको माननीय राजेन्द्र गौतमको भनाई छ ।
हटियामा युवतीहरू उत्साहका साथ नागरिकता लिंदै
भ्रमणकै शिलशिलामा फ्याक्सिन्दादोभान, हेदानागढी, गोलाबजार, सिम्बुङ, हुङगुङ, छेसुम्वाडाँडा, किमाथाङ्का, अरुण तटबन्ध, कामुखोलाको मितेरीपुल, चाङा बजार, छुमसुर, चेपुवा, च्याम्ताङ, लिङगाम, नामासे, तुङखालिङ लगायतका वस्तीहरूमा सांसदहरूले भेटघाट गर्नुका साथै विकास आयोजनाको निरीक्षण पनि गरेका थिए ।
गोलामा ८२ वर्षीय वृद्धा आमा नागरिकता लिंदै
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












