लुम्बिनीका दृश्य चित्रमा उतार्न सात देशका ४० चित्रकार लुम्बिनीमा
लुम्बिनी । शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् । दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवमा सहभागी स्वदेश र विदेशका चित्रकार जलरङ्गमा लुम्बिनीका चित्र कोर्न लुम्बिनीमा भेला भएका हुन् ।
अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको महोत्सवअन्तर्गत उनीहरूले आज लुम्बिनीको दृश्य चित्रमा उतार्दैछन् । वृहत् चित्रकला कार्यशालासमेत आयोजना गरिएको समाजका महासचिव दीपेन्द्रमान बनेपालीले जानकारी दिए । “एक पटक लुम्बिनी घुमेर कलाकारले दृश्य कैद गर्छन्, त्यसपछि स्थलगत चित्रकला कार्यशालामा हुनेछ”, महासचिव बनेपालीले बताए । साँझ विदेशी कलाकारलाई यहाँको संस्कृतिको बारेमा जानकारी दिई सांस्कृतिक कार्यक्रमसमेत गरिने र विहीबार प्रतियोगितात्मक चित्रकला कार्यशाला हुने उनले जानकारी दिए ।
लुम्बिनीका दृश्य चित्रमा उन्न यहाँ नेपाली चित्रकारसहित सात देशका ४० चित्रकारको सहभागिता छ । लुम्बिनीमासमाजका विश्व अध्यक्ष क्यानडाका अतानुर डोगान, भारतका देशीय प्रमुख अमित कपुर, बङ्गलादेशका देशीय प्रमुख कौशर हुसेन, मङ्गोलियाका मुक्खु गुगु, अमेरिकाकी मिनी भेलेरो, न्यूजिल्याण्डका जिनेट वाङ र चीनका जाओ सिनसहित २० कलाकार सहभागी छन् । यस्तै २० भन्दा बढी नेपाली चित्रकार लुम्बिनी आइपुगेका छन् ।
यही मङसिर १७ गते काठमाडौँको नेपाल कला परिषद्मा उद्घाटन गरिएको जलरङ्ग महोत्सवमा चित्रकार स्थलगत रूपमै चित्रकला कार्यशालामा सहभागी भएका थिए । परिषद्मा ३८ देशका २७० चित्रकला प्रदर्शन जारी छ । समाजका उपाध्यक्ष लालकाजी लामा विदेशी र नेपाली कलाकार चित्रकलामा सामूहिक सहभागी हुँदा पर्यटन प्रवद्र्धनसँगै संस्कृति आदानप्रदान हुने हुँदा सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।
यही मङसिर २३ गतेसम्म चल्ने महोत्सवअन्तर्गत विश्वका कलाकारलाई नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र घुमाएर चित्रकलामा सहभागी गराइने छ । कलाकारले नेपालका दृश्य कैद गर्नेछन् र विदेशमा गएर पनि नेपालका चित्र बनाउने हुँदा यसले भ्रमण वर्ष २०२० सफल बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको समाज नेपालका सचिव केशवराज खनालले जानकारी दिए ।
आज र विहीबार लुम्बिनीमा कार्यक्रम हुने र त्यसपछि काठमाडौँमा फर्किएर विभिन्न सम्पदा सूचीमा परेका क्षेत्रको भ्रमण गरी कलाकार चित्रकला कार्यशालामा सहभागी हुने आयोजकले जनाएको छ । काठमाडौँमा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रहरू, पाटनको दरबार स्क्वायर, स्वयम्भू, पशुपतिनाथलगायत ठाउँमा विदेशी चित्रकारलाई भ्रमण गराइने कार्यक्रम छ ।
उनीहरू नेपालमै पनि स्थलगत चित्रकला कार्यशालामा सहभागी हुनेछन् भने क्यामरामा कैद भएका दृश्य स्वदेश फर्किएर चित्रमा उतार्ने छन् । यसले नेपालको पहिचान विश्वमा पु¥याउन ठूलो सहयोग पुग्ने विश्वास रहेको समाजका नेपाल अध्यक्ष एनवी गुरुङले बताए ।
दुई वर्षअघि कास्कीको घान्द्रुकमा सहभागी भएका थाइल्याण्डका चित्रकार डिरेकले अहिले पनि नेपालका चित्रहरु कोरिरहेको स्मरण गर्दै समाजका महासचिव बनेपालीले अहिले सहभागी विदेशी चित्रकारहरुले दुई वर्षसम्मै नेपालको चित्र बनाउने हुँदा नेपालको प्रचारप्रसारमा सहयोग पुग्ने बताउँछन् ।
समाजका सदस्य डि बराल विश्वका कलाकारको चित्र नेपालमा प्रदर्शनी हुनु र विदेशी कलाकारले स्थलगत रूपमै नेपालमा दृश्य बनाउनु आफैँमा महत्वपूर्ण कुरा भएको बताउँछन् । विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मथलोमा आउन पाउँदा विदेशी कलाकार खुशी छन् । यसले नेपालसँगको सामिप्यता अझै बढाउने विदेशी कलाकारको प्रतिक्रिया छ ।
सन् २०१२ मा स्थापना भएको अन्तर्राष्ट्रिय जलरङ्ग समाजमा ९० देश सहभागी छन् । नेपालमा सन् २०१४ मा समाज स्थापना भएको थियो । सन् २०१६ मा कास्कीको घान्द्रुकमा पहिलोपटक अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सव आयोजना भएको थियो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











