शान्तिभूमिले तान्यो चित्रकारको ध्यान
काठमाडौँ । मायादेवीको मन्दिर देख्ने बित्तिकै पोखराका चित्रकार मनोज तामाङको मन त्यसतर्फ आकर्षित भयो । उनले लुम्बिनीस्थित बुद्धको जन्मस्थलसहित मन्दिर चित्रमा नउतारी बस्न सकेनन् । बिहानै उनले मन्दिर छेवैमा बसेर मायादेवी मन्दिरसहित अशोक स्तम्भमा जलरङ्गले दुरुस्तै पारे ।
चित्रमा झक्तजनसहित बौद्ध अनुयायी र पर्यटकलाई समेत चित्रकार तामाङले समेटेका छन् । बीचमा सुन्दर तलाउ, छेवैमा पिपलको चौतारीले चित्रको सुन्दरता बढाएको छ । ऐतिहासिक ठाउँ विश्वकै शान्तिभूमि भएकाले अरु दृश्यभन्दा पहिलो यहाँको चित्र बनाउन मन लागेको तामाङले बताए । उनीसँगै सङ्खुवासभाका डिबी राईले पनि जलरङ्गमा कुची खेलाउँदै क्यान्भासमा मायादेवी मन्दिरलाई उतारे ।
चित्रको माध्यामबाट बुद्ध जन्मिएको स्थानलाई विभिन्न रङ्गले क्यान्भासमा रङ्ग्याउँदै उनले भने,“नेपाली कला र संस्कृतिलाई जोडेर पर्यटन विकाससँगै बुद्धको जन्मभूमि विश्वसामु चिनाउनु मेरो मुख्य उद्देश्य हो ।” मायादेवी मन्दिरको छेउमा बसेर मन्दिर र अशोक स्तम्भलाई उनले केन्द्रविन्दुमा पारे । उक्त चित्रमा नजिकैको पोखरीसहित विभिन्न देशबाट आएका धर्मावलम्बीहररूले ध्यान गरिरहेका देखिन्छ । “मायादेवीको आँगनमा बसेर ध्यान गरिरहेको दृश्य हो यो, शान्तिको भूमिलाई चित्र नउतारी मनै मानेन”, राईले थपे ।
साउदी अरबको मम्कामदिनामा विश्वभरका लाखौँ पर्यटक पुग्छन् । यो लुम्बिनीलाई पनि यसैगरी फैलाएर बौद्धमार्मीको मुख्य गन्तव्य बनाउने र कलाको माध्यामबाट योगदान पु¥याउने लक्ष्यसहित यहाँ स्वदेश र विदेशका ४० भन्दा बढी चित्रकार सहभागी भएका हुन् ।
मायादेवी लुम्बिनीको मुटु हो । जहाँ बुद्ध जन्मिएको प्रमाण सम्राट अशोकले लेखेको शिलालेखले प्रष्ट पार्छ । त्यही भएर कलाकारको मष्तिष्कमा यो ठाउँले बास पायो र उनीहरुले चित्रमा उतारे ।
बनेका सबै चित्रकला अध्ययन गरेका धनकुटाका डिल्लीकृष्ण आलेले भोलि छुट्टै विषयमा चित्र बनाउने सोच बनाएका छन् । पहिलो पटक भाग लिएको बुद्धभूमिमा आउँदा खुशी छु । पाल्पाका डिराम पाल्पाली र गोपाल दराई, धरानका महेन्द्र राई, जीवन पौडेल, विगेन राईलगायतले बुधबार मायादेवी मन्दिरको आँगनमा बसेर चित्र बनाएका थिए ।
लुम्बिनीले धेरै पुरानो इतिहास बोकेको छ । बुद्ध जन्मेको ठाउँसँग आध्यात्म पनि जोडिएका छ । यहाँ विश्वका पर्यटक आउँछन् । ज्ञानको ज्योति फैलाउने व्यक्ति नेपालमा जन्मनु गर्वको कुरा भएको उल्लेख गर्दै पाल्पालीले भने, “मायादेवी मन्दिरले आउनेबित्तिकै मेरो भावनालाई पनि छोयो, त्यसैले फोकस गरेको हुँ ।” उनले कोरेका मायादेवीको मन्दिर, पिपलको छहारी, मायादेवीले नुहाएको स्थानसहितको सुन्दर दृश्य प्रत्यक्षजस्तै छ ।
चित्रकार सुरेश स्याङतानले लुम्बिनीको वातारवणमा छिर्दा नै शान्तिको महसुस भएको बताए । देखेर मात्रै नभई यहाँ आउँदा भित्री अनुभवले छुट्टै मिठास आउने खालका शक्तिशाली कुराहरू चित्रमा उतार्न सकिने भएकाले चित्र कोर्न आएको उनको भनाइ थियो ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलका दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा छन् । अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवअन्तर्गत लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ्ग समाजका विश्व अध्यक्ष क्यानडाका अतानुर डोगान, भारतका देशीय प्रमुख अमित कपुर, बङ्गलादेशका देशीय प्रमुख कौशर हुसेन, मङ्गोलियाका मुक्खु गुगु, अमेरिकाकी मिनी भेलेरो, न्यूजील्याण्डका जिनेट वाङ र चीनका जाओ सिनसहित २० कलाकार सहभागी रहेको समाजका महासचिव दीपेन्द्रमान बनेपालीले बताए । यस्तै २० भन्दा बढी नेपाली चित्रकार पनि लुम्बिनी आइपुगेका थिए ।
यही मङ्सिर २३ गतेसम्म चल्ने महोत्सवअन्तर्गत विश्वका कलाकारलाई नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र घुमाएर चित्रकलामा सहभागी गराइने छ । आज पनि लुम्बिनीमै बसेर चित्रकारले दृश्य उतार्नेछन् । त्यसपछि काठमाडौँमा फर्किएर विभिन्न सम्पदा सूचीमा परेका क्षेत्रको भ्रमण गरी कलाकार चित्रकला कार्यशालामा सहभागी हुने आयोजकले जनाएको छ । काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्र पाटनको दरबार स्क्वायर, स्वयम्भु, पशुपतिनाथलगायत ठाउँमा विदेशी चित्रकारलाई भ्रमण गराइने कार्यक्रम छ ।
दोस्रो प्रयासमा यसले विश्वमा नै सकारात्मक प्रभाव पारेको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष एनबी गुरुङले बताए । दुई वर्षअघि कास्कीको घान्द्रुकमा पहिलो सम्मेलन भएको थियो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











