बेल्जियममा पहेँलो टिसर्टधारीहरुको प्रदर्शन, ७० जना पक्राउ
ब्रसेल्स । फ्रान्सको सीमा क्षेत्रमा शनिबार पनि बेल्जियमका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरु पहेँलो टिसर्ट लगाएर प्रदर्शनमा ओर्लिएका हुन् ।
उनीहरुले छिमेकी फ्रान्सको विरुद्धमा यस्तो प्रदर्शन गरेका हुन् । फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले यस्तो प्रदर्शन गरेको बताइएको छ ।
उनीहरुले प्रदर्शन गरेको क्षेत्रमा युरोपेली संसद्, युरोपेली केही कार्यालयहरु रहेकोले सतर्कता अपनाउन भन्दै प्रहरीले सो क्षेत्रलाई प्रदर्शन निषेधीत क्षेत्र घोषणा गरेको थियो । प्रहरीले बेल्जियमका युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो सङ्ख्यामा प्रहरी खटाएको जनाएको छ ।
प्रदर्शनकारीहरुले सवारी सञ्चालनमाथि रोक लगाएका थिए । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिड्न पनि दिएका थिएनन् । प्रहरीले सो क्षेत्रमा कडा सुरक्षा अपनाएर करीब ७० जनालाई पक्राउ गरेको जनाएको छ ।
बेल्जियम प्रहरीका प्रवक्ता इस्ले भान डि कारीले उनीहरु पक्राउ परेको जानकारी दिएका छन् । बेल्जियमको बेल्गा समाचार समितिले भनेको छ,“प्रदर्शनकारी युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका थिए र उनीहरुले फ्रान्स छिर्ने तथा राजधानी ब्रसेल्सबाट बाहिर धेरै तिर जाने बाटोहरु बन्द गरिदिएका थिए ।”
यो पहेँलो टिसर्टधारीहरुको प्रदर्शन फ्रान्सबाट शुरु भएको हो । गत महीना भएको इन्धनको मूल्य वृद्धि गर्ने निर्णयका विरुद्धमा फ्रान्समा प्रदर्शन भएको थियो । त्यसको समर्थनमा शनिबार बेल्जियममा पनि प्रदर्शन भएको हो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












