पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक
इस्लामावाद । पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ ।
उसले भनेको छ, “यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा झण्डै दुई अरबको हाराहारीमा छ ।”
गत बुधबार सार्वजनिक प्रतिवेदन ‘दक्षिण एसियामा क्षेत्रीय व्यापारको प्रतिवद्धता’ मा बैंकले भनेको छ, सामान्य विवादहरूलाई थाँती राखेर दुई देशको व्यापारिक कारोबारलाई सहज बनाउँदा मात्रै कैयौँ गुणा कारोबार बढ्ने र यसबाट दुबै मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाब देखिने सम्भावना रहेको छ ।”
बैंकले दक्षिण एसियामा अहिलेको तुलनामा पाकिस्तानले निकै धेरै कारोबार गर्नसक्ने बताएको पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ पत्रिकाको अनलाइन प्रकाशनमा जनाएको छ । अहिलेको अवस्थामा पाकिस्तानको कारोबार पाँच अर्ब डलर मात्र रहेपनि यसलाई बढाएर ३९ अर्ब सात करोड अमेरिकी डलर पु¥याउन सकिने विश्व बैंकको अनुमान रहेको डनले प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ ।
क्षेत्रीय व्यापार वृद्धिका दक्षिण एसियाली मुलुकबीच गैरकरमूलक अबरोधलाई हटाउनुपर्ने, जनताबीचको सम्बन्धलाई वृद्धि गर्ने, सडक सुधार गर्ने, हवाई मार्गले जोडिनुपर्ने र दक्षिण एसियाली मुलुकबीच स्वतन्त्र व्यापारको धारणा महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ ।
प्रतिवेदन लेखनमा सहभागी प्रसिद्ध अर्थविद् सञ्जय कठुरियाले विश्व बैंकको कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै भन्नुभयो, “व्यापार, तथा व्यापारजन्य विश्वासलाई प्रोत्साहन गर्न आपसी विश्वास, एक अर्काबीचको निर्भरता र शान्तिको वातावरण निर्माण हुनुपर्ने देखिन्छ ।”
‘डन’ ले कठुरियालाई उद्धृत गर्दै थपेको छ, “करतारपूर करिडरलाई पाकिस्तान र भारतको सरकारले खोल्न सकेमा मात्रै पनि विश्वास घाटालाई कम गर्न सकिन्छ ।”
पाकिस्तानको दक्षिण एसियाली मुलुकहरूमा निकै कम हवाई सम्बन्ध रहेको बताउँदै हवाई, जल तथा स्थल मार्गहरूको सम्बन्ध बिस्तार पाकिस्तानका लागि अनिवार्य भएको कठुरियाले बताउनुभयो । पाकिस्तानको भारत र अफगानिस्तानसँग हप्तामा छ उडान हुन्छन् भने श्रीलङ्का र बङ्गलादेशसँग १०÷१० वटा उडान हुने गर्छन् । त्यसैगरी नेपालसँग हप्तामा एउटामात्र उडानमात्र रहेको छ भने भूटान र मालदिभ्ससँग कुनै उडान रहेको छैन ।
भारतले सातामा श्रीलङ्कामा १४७ उडान भर्छ भने बङ्गलादेशमा ६७, मालदिभ्समा ३२, नेपालमा ७१, अफगानिस्तानसँग २२ र भूटानसँग २३ उडान भर्ने गरेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











