फ्रान्सेली राष्ट्रपतिको सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा
पेरिस । फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गर्नुभएको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ ।
मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ ।
पहेँला टिसर्टधारीहरुले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ
सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।
उहाँले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गर्नुभएको बताइएको थियो ।
सो सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयाय पनि गर्न लागेको अर्काे एक समाचारमा जनाइएको छ । सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागहरुलाई राष्ट्रवपतिले सम्बोधन गर्नुभएको बताइएको छ ।
महंगीविरुद्ध आन्दोलन चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गर्नुभएको छ ।
सो आन्दोलनमा इन्धनको मूल्य बृद्धिको निर्णय फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न राष्ट्रवपतिसमक्ष माग गरिएको छ ।
तर राष्ट्रपति म्याक्रो यी कामहरुमा असफल हुनुभएको आरोप आन्दोलनकारीहरुले लगाएका छन् । फ्रान्सेली राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उहाँले सन् २०१९ देखि न्युनतम तलबमा मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गुर्नभएको बताइएको छ ।
कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले सो सम्बोधनमा बताउनुभएको छ ।
ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












