राप्रपाले फागुन ७ देखि हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको आन्दोलन चर्काउने तयारी गर्दे
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन् ।
मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई जनताको आस्था, विश्वास र पहिचानका लागि भएको बताए ।
नेपाली काङ्ग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेको खबर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष थापाले काङ्ग्रेस महासमिति बैठकले हिन्दूराष्ट्रको पक्षमा साहसिक निर्णय गर्ने अपेक्षा लिइएको बता ।
मुलुकको सामाजिक, साँस्कृतिक क्षेत्रका साथै राजनीतिक दलमा पनि हिन्दूराष्ट्रका पक्षमा झुकाव बढेको उल्लेख गर्दै उनले नेपाली काङ्ग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरेमा सहकार्य गरेर अगडि बढ्न सकिनेमा जोड दिए ।
शान्ति सुरक्षालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासनको मुद्दालाई शसक्तरूपमा उठाउने बताउँदै अध्यक्ष थापाले सङ्घर्षले सशक्त जनमत एवं जन दबाव सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












