टाइम म्यागेजिनले सार्वजनिक ग¥यो विश्वको सबैभन्दा शक्तिशाली फोटो

टाइम, टवाक्कोल करम्यान/ साना, टेइज, हुदेदाह र यमनको जताजतै पूरै परिवारहरू भग्नावशेषमा पुरिएको अवस्थामा छन् । त्यहाँका प्रत्येक घरबाट बालबालिकाहरूले पीडामा निकालेको आवाज निस्कन्छ । तर बाँकी विश्वलाई यसको कुनै भेउसमेत थिएन ।
तर ७ वर्षे अमल हुसेनको एक तस्बिरले यो अवस्थामा केही मात्रामा परिवर्तन ल्यायो । यो फोटोले एकदम सटिकताका साथ यमनको अवस्थालाई चित्रित गर्छ ।
अमलको तस्बिर त्यो द्वन्द्वको अनुहार बनेको छ, जसले विगत चार वर्षमा यमनको एउटा पूरै पुस्ताको बालबालिकाहरूको भविष्यमाथि प्रश्न खडा गरिदिएको छ ।
अक्टोबर २६ मा न्युयोर्क टाइम्समा प्रकाशित भएको केही दिनमै अमलको तस्बिरले विश्वको करोडौँ मानिसहरूको ध्यान तान्यो । चार वर्षको युद्धले निम्त्याएको भोकमरी, बमवर्षा, बारुदी सुरुङ र रोकथाम गर्न सकिने रोगको माहामारीले गर्दा लाखौँ यमनी बालबालिकाहरू शरदको सुकेका पातजस्तै भएका छन् । अमल तिनै लाखौँ बालबालिकामध्ये एक हुन् ।
अन्तर्राष्ट्रिय समुदाय यो प्रकरणका लागि पूर्ण जिम्मेवार छ । तर पनि ऊ यसप्रति बेवास्ता गरिरहेको छ । यो किन भइरहेको छ त ? किनकि यमन प्रयाप्त तेल उत्पादन गर्ने राष्ट्र होइन । त्यही कारणले यो द्वन्द्व बाँकी विश्वका लागि ध्यान दिन लायकको समेत भएन । तर यो बेवास्ता र अकर्मण्यताले द्वन्द्वलाई आगोमा घ्युको जस्तो काम ग¥यो ।
बालबालिकाहरूले इरानी प्रभाव के हो बुझ्दैनन्, न त उनीहरू तेल–सम्पन्न साउदी अरब र यूएईसले अमेरिका र अन्य सम्पन्न राष्ट्रसँग गरेको हतियार सम्झौता नै बुझ्छन् । अरबी राष्ट्रहरूमा सबैभन्दा सम्पन्नमध्येका दुई राष्ट्रले ठूलो रकमको हतियार सम्झौतालाई अन्तर्राष्ट्रिय समुदायको मौनता किनेको बुझेका छन् ।
यो फोटो खिचिएको केहीपछि नै अमलको कुपोषणको कारण मृत्यु भयो । अमलको मृत्युले आधारभूत मूल्यको अभावमाथि प्रकाश पारेको छ । साउदी अरब, यूएई र हुथी मिलिसिया द्वन्द्वको प्रत्यक्ष हिस्सेदार हुन् । यी प्रत्येकले उनको मृत्यु लगत्तै आफूहरूको त्यसमा कुनै भूमिका नभएको भनेर वक्तव्य निकाले । यी युद्ध अपराधीहरूले एक अर्कोलाई दोष दिएर आफू पन्छिन खोजे ।
म एक यमनी भएकाले यो देशका प्रत्येक घर र मनमा कायम व्यथासँग राम्ररी परिचित छु । मैले सशस्त्र मिलिसियाले पूरै सहरलाई बन्दी बनाएको देखेको छु । यमनजस्तो गरिब देशलाई तेल–सम्पन्न राष्ट्रहरूको गठबन्धनले हवाई फौजले ध्वस्त गर्दा कस्तो हुन्छ, मैले राम्ररी भोगेको छु । यमन हाल गरिब भए पनि ऊ प्राचीन इतिहाससम्म आफ्नो सभ्यताको जरो भएको देश हो । यस कारणले विगतमा उसको उच्च सम्मान थियो ।
युद्धले जीवन एकदम क्षतविच्छद बनाइएका यमनका बालबालिकाहरू र दशौँ लाख नागरिकहरूलाई एउटा यस्तो वास्तविक शान्तिको चाह गर्ने अधिकार छ, जसले उनीहरूको हालको पीडालाई अन्त्य गर्न सकोस् । उनीहरूलाई एक दिन आफ्नो राज्य पुनरस्थापित हुनेछ भनेर आसा गर्ने अधिकार छ, जहाँ उनीहरूले सुरक्षा र स्थिरताबीच आफ्नो जीवन सुचारु गर्न सकून् ।
यमनका बालबालिकाहरूलाई भयरहित वातावरणमा विद्यालयमा पढ्न पाउने र आफ्ना अभिभावकको आँखामा हेर्दा वियोग, अभाव, भय र असहायता नहुने अवस्थाको अधिकार छ ।
अमलको तस्बिरले अन्त्य नहुने जस्तोगरी अघि बढिरहेको युद्धको बाटोमा एउटा ऐतिहासिक क्षणको प्रतिनिधित्व गर्छ । अमलको मृत्यु भएपछि मानिसहरूको अन्तःस्करणमा धक्का परेको कुराले ती युद्ध अपराधीमाथि प्रतिबन्धको आशा बढेर गएको छ । प्रतिबन्ध लगाइँदा अपराधीहरूको आर्थिक सामाजिक हैसियत नहेरियोस् ।
युद्ध अपराधीहरूलाई अन्तर्राष्ट्रियता उत्तरदायित्वबाट उम्कन दिनु हुँदैन । यदि उनीहरू भागे भने दशौँ लाख अरू अमलहरू कलिलै उमेरमा चितामा पुग्नेछन् ।
(लेखक करम्यान सन् २०११ को नोबेल शान्ति पुरस्कार विजेता हुन् । यमनी पत्रकार तथा मानव अधिकार अधिवक्ता करम्यानले अरब वसन्तको समर्थन गरेकी थिइन् । उनी यमनमा जारी गृहयुद्धका दुवै पक्षको कटु आलोचक हुन् ।)
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











