फेसबुकमा कस्तालाई साथी बनाउने, कस्तालाई नबनाउने ?

स्टाटस बाबा र बज्यै : यस्ता व्यक्ति जो मिनेट–मिनेटमा स्टाटस अपडेट गर्छन् । जे कुरामा पनि बीचमा बोलिहाल्नुपर्ने, आफ्नो विचार व्यक्त गरिहाल्नुपर्ने यिनीहरूको बानी हुन्छ । यिनीहरूलाई हटाउनु पर्दैन । यिनीहरूबाट देश–विदेशमा के घटना घट्यो भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिन्छ ।
अवस्थाकारी : यो वर्गमा पर्नेहरूले जे काम गरे पनि फेसबुकमा हाजिर गरिहाल्छन् । खाँदै गरेको अवस्था, पिउँदै गरेको अवस्था, सुत्न लागेको अवस्था, निदाएको अवस्था, कुन दिन सपना देख्दै गरेको अवस्था लेख्न बेर छैन । यस्ता मानिसलाई नहटाउँदा पनि हुन्छ, किनभने यिनका पोस्टबाट कहिलेकाही हाँस्ने मौका मिल्छ ।
चियोचर्चोकार : यस्ता मानिसहरू आफूले फेसबुकमा कुनै अपडेट गर्दैनन् तर अरूका प्रोफाइल र तस्बिरहरू खोजीखोजी हेर्छन् । अरूकै बारेमा चियो गर्न उनीहरूले फेसबुक खोलेका हुन्छन् भन्दा फरक नपर्ला । चाहे जतिसुकै राम्रो स्टाटस र फोटो राख्नुहोस्, उनीहरूले लाइक, कमेन्ट र सेयर गर्लान् भनेर आशा नगरे हुन्छ ।
स्टाटस चोर : यिनीहरूले अरुका राम्रा–राम्रा स्टाटस चोरेर आफ्नो टाइम लाइनमा कपी पेस्ट गर्छन् । यस्तालाई हटाउने मात्र होइन, ब्लक नै गरी दिए पनि हुन्छ । यिनीहरूलाई बौद्धिक चोर पनि भनिन्छ ।
बिजनेसखोरी : यो कोटीमा पर्ने मानिसहरूले सधै फेसबुकमा आफ्नो बिजनेसको प्रचार मात्र गरिरहेका हुन्छन् । मेरो होटलमा यति छुट छ, मेरो कन्सल्टेन्सीमा आउनु, मेरो ट्रेनिङ सेन्टरमा निमन्त्रणा आदि । हुन त सामाजिक सन्जालबाट व्यवसायिक फाइदा लिनु राम्रो हो तर सधंै त अरूलाई पनि वाक्क लाग्छ नि हौ ।
हनुमानगिरी : यी यस्ता व्यक्ति हुन्, जो आफ्नो आङमा भैंसी हिँडेको देख्दैनन् अरूको जुम्रा पनि देख्छन् । कुनै पार्टी र कुनै नेता वा कुनै व्यक्तिविशेषलाई भगवान् मान्छन् । यिनीहरूका लागि उनीहरूको बोली नै महान्वाणी हुन्छ । यिनीहरूलाई राख्न वा हटाउन जे मन लाग्छ त्यही गर्न सकिन्छ ।
क्यान्डिक्रस क्रेजी : कहिलेकाहीँ नोटिफिकेसन आउँछ अनि खोलेर हेर्दा फलानो invited you to play candy crush भन्छ । यदि यस्तो आयो भने त्यो व्यक्तिलाई सिधै ब्लक नगर्नुहोला किनभने त्यो भाइरसले गर्दा पनि हुन सक्छ । कहिलेकाहीं क्यान्डी क्रस खेल्नेहरूले आफ्नो लेवल बढाउन निमत्रणा पनि पठाउँछन् । यिनीहरूका लागि नोटिफिकेसन अफ गरिदिए पुग्छ ।
सेयरवाला : यस्ता व्यक्ति सिर्फ अरूको स्टाटस र पोस्टहरू सेयर गर्छन् । यिनीहरूलाई जसले जे लेख्यो, पोस्ट गर्यो मतलब हुँदैन सिर्फ राम्रो–राम्रो पोस्ट सेयर गर्न पाए पुग्छ । यस्तालाई हटाउनु हुँदैन, आफ्नो फेसबुके कृति फैलाउने यिनीहरू नै हुन् ।
लाइकवाला/वाली : यस्ता व्यक्तिले जसले जे लेखोस्, जे पोस्ट गरोस् तुरुन्त लाइक दिइहाल्छन । यिनीहरूलाई राख्नुपर्छ । आफ्नो पोस्टमा लाइक बढाउने यिनीहरूले नै हो ।
नेगेटिभ माइन्ड : यो वर्गमा पर्ने मानिसहरू सधैं अरूको आलोचना र गाली मात्र गरेर स्टाटस लेख्छन् भने अरूको पोस्टमा पनि सधैं नकारात्मक कमेन्ट गर्छन्— गोली हान्दे, फाँसी दे, काटी दे आदि । यस्ता मानिसलाई फेसबुकबाट हटाइदिनु राम्रो, किनभने फेसबुक पनि एउटा समाज हो, त्यसैले त यसलाई सामाजिक सञ्जाल भनिन्छ । खराब व्यक्तिको संगतले हामीमा पनि कुप्रभाव पर्छ ।
सनसनीप्रसाद : यस्ता मानिसहरू सनसनीपूर्ण हल्ला फैलाउन रुचाउँछन् । कुनै ठाउँमा गाडी पल्टेर दुई जना घाइते भएका छन् भने दुई दर्जन मरे भनेर लेख्छन्, कुनै सडक दुर्घटनामा वीभत्स रगत तथा लासहरूको तस्बिर खोजीखोजी सेयर गर्छन् । एउटा घर आगोले जलेको छ भने पूरै गाउँ आगोले सखाप भनेर लेख्छन् । कहिलेकाहीँ त ठीकै हो तर सधैं यस्ता सामग्री सेयर गर्ने मानिसहरूलाई फेसबुकबाट हटाएकै राम्रो किनभने नराम्रो समाचारले आफ्नो पनि दिन खराब हुन्छ ।
गुनासोगिरी : यो कोटीका मानिसहरू सधैं गुनासो गर्छन् । बिजुली गयो उफ, मोबाइलमा चार्ज सकियो उफ, गर्मी भयो उफ, पेट दुख्यो उफ, झरी पर्यो उफ, हावा चल्यो उफ ! यस्ता कुराले आफ्नो पनि मनस्थितिमा प्रभाव पार्ने भएकाले यस्ता मान्छेलाई फेसबुकबाट हटाउनु नै बेस हुन्छ । साप्ताहिकबाट
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












