हुथी विद्रोहीहरु होडेडाबाट फिर्ता हुनेक्रम शुरु : राष्ट्रसङ्घ
दुबई, रासस/एएफपी– यमनको प्रमुख नाकाका रुपमा रहेको होडेडा बन्दरगाह शहर कब्जा गरेर बसेका यमनी विद्रोही समूहहरु युद्धबिराम सम्झौता अनुसार उक्त शहरबाट फिर्ता हुन थालेको राष्ट्रसङ्घका एक अधिकारीले बताउनुभएको छ ।
नाम बताउन नचाहने ती अधिकारीले शुक्रबार मध्यरातबाट हुथी विद्रोही समूह होडेडाबाट फिर्ता हुन थालेको बताउनुभयो ।
हुथी विद्रोहीद्वारा सञ्चालित साबा समाचार संस्थाले एक विद्रोही नेताको भनाई उद्धृत गर्दै हुथी विद्रोही समूहले पहिलो चरणको फिर्ता थालिसकेको जनाएको छ । एएफपीका संवाददाताका अनुसार विद्रोहीले एक समारोहको आयोजना गरी होडेडा छाड्न थालेका थिए ।
विद्रोहीले होडेडा शहर छाडेसँगै भोकमरीको समस्यामा रहेका झण्डै १ करोड ४० लाख मानिसलाई खाद्यान्न सहयोग गर्न सकिनेछ । राष्ट्रसङ्घको अगुवाईमा भएको युद्धबिराम गत डिसेम्बर ८ बाट कार्यान्वयनमा आएको हो ।
उक्त शहरमा रहेका सरकार समर्थित सैनिक पनि फिर्ता हुन लागेका छन् । गत जुन १३ देखि साउदी गठबन्धनको भीषण हवाई आक्रमण पश्चात केही भागमा यमनी सेना तैनाथ छ ।
राष्ट्रसङ्घ सुरक्षा परिषदले गत साता युद्धबिरामको अवस्था अनुगमन गर्न एक टोली होडेडा पठाउन सर्वसम्मत निर्णय गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ देखि भडकिएको गृहयुद्धका कारण यमनमा १० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











