प्रस्तावित प्रधानन्यायाधीश जबराको संसदीय सुनुवाइ आज,उजुरीहरू कस्ता-कस्ता छन् ?
काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आज हुँदैछ । सुनुवाइ समितिले दिउँसो २ बजे जबरालाई सुनुवाइका लागि आमन्त्रण गरेको छ। समितिले शुक्रवार जबराविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको थियो।
सुनुवाइपछि समितिले स्वीकृत वा अस्वीकृतको निर्णय आज नै गर्न सक्नेछ। समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको अवस्थामा बाहेक जबरा प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन्। समितिबाट स्वीकृत भएमा जबराको नियुक्तिको बाटो खुल्नेछ।
समितिमा जबराविरुद्ध ९ उजुरी परेका छन्।उनीमाथि पर्साको एक सार्वजनिक पोखरी समेत रहेको जग्गा व्यक्तिको नाममा दर्ता गर्नेगरि फैसला गरेको विषयमा सबैभन्दा बढी उजुरी परेका छन्।
यस्तै, पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो विवादमा नेपाल ट्रष्टको नाममा रहेको जग्गा दाइजो कायम गरेको विषयमा पनि उजुरी परेका छन्।
जबराविरुद्ध तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवाद निकालेर बेञ्च बहिष्कार गरेको पनि आरोप लगाइएको छ। यस्तै, कान्तिपुर पव्लिकेशनविरुद्ध विचाराधीन अपहेलना मुद्दामा बेञ्च अवरुद्ध पारेको आरोप पनि उजुरीमा लगाइएको छ। अन्य उजुरीहरु आर्थिक अनियमितता लगायतका रहेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












