प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा विपक्षीको अवरोध
काठमाडौँ । संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेससहितका विपक्षी सांसदहरुले प्रश्न गर्न नपाएपछि हंगामा भएको छ ।
संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १० महिनामा गरेका कामबारे जानकारी गराएका थिए। उनले प्रतिपक्षी दललाई राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरेका थिए।
एक घन्टा बढी सम्बोधन गरेर फर्किएका प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनु पर्ने कांग्रेस सांसदहरूले माग गरे।
सुरूमा सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तरका लागि अनुमति नदिने बताए। कांग्रेस सांसदहरूले उठेर निरन्तर विरोध जनाइरहेपछि उनले सीमित सांसदलाई प्रश्न गर्न दिने भन्दै सांसद मीनेन्द्र रिजाललाई बोल्न समय दिए।
तर कांग्रेस सांसदले संख्या सीमित गर्न नहुने भन्दै विरोध जनाएपछि सभामुख महराले विशेष र शुन्य समयको हटाएर विधेयक प्रस्तुत गर्न अनुमति दिए।
त्यसपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउमा गए।
Comments
अरु समाचार
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...












