स्ववियु निर्वाचन सम्पन्न भएको दुई वर्षसम्म पनि मतगणना भएन

वालिङ । वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन।
विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो। निर्वाचनपछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो।
“मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भने, “मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखतका विषयमा विवाद भएपछि स्थगन गर्नु परेको हो।”
मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखत नभएका पहिलो मुठामै दश मतपत्र भेटिएपछि नेविसङ्घले विरोध गरेको थियो भने अनेरास्ववियुले मतगणना गर्न माग गरेको थियो।
“मेरो संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन दिन अगाडि बढ्यौँ”, प्रमुख निर्वाचन अधिकृत शर्माले भने, “क्याम्पसमा तत्कालै परीक्षाको समय भएको र छलफल निष्कर्षमा नपुगेकै कारण मतगणना हुन सकेन।”
स्ववियुको अर्को निर्वाचनको मिति पनि अब नजिकै आउन थालेकाले पुनः मतगणना हुने सम्भावना कम रहेको शर्मा बताउँछन्। क्याम्पसभित्रको समस्याका बारेमा क्याम्पस सञ्चालक समितिमा पटक–पटक यही विषयमा छलफल भएकोले अब छिट्टै विद्यार्थीसँग बसेर निष्कर्षमा पुगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले बताए।
“गणना र पुनः निर्वाचनले द्वन्द्व सिर्जना गर्ने अवस्था देखिने ठान्यौँ”, उनले भने, “छलफल गरी निचोडमा पुग्छौँ।”
त्रिविले तोकेको समयमा नयाँ संरचनाअनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गरी समाधानको बाटो अँगाल्ने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको रेग्मीको भनाइ थियो। मतपेटिका हालसम्म पनि वडा प्रहरी कार्यालय वालिङमा शिलबन्दी गरी राखिएको छ। रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












