एक साताभित्र छाया सरकार बनाउँदै कांग्रेस, मन्त्री बन्न इच्छुक सांसदले आजैबाट नाम दर्ता गर्न सक्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।
एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्ने तयारी भइरहेको बैठकपछि खाणले जानकारी दिए। मन्त्री बन्न इच्छुकले आजैबाट नाम दर्ता गर्न सकिने गरी सूचना जारी गर्नेसमेत उनले बताएका छन्। छाया सरकारका मन्त्रीहरुले सरकारको कामको निगरानी राख्ने उनले बताए।
त्यसैगरी संसदीय दलको बैठकबाट विधेयकको बारेमा छलफल गर्न पार्टीको विज्ञ समूह गठन गर्ने निर्णयसमेत भएको छ।
भोलिको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सभामुखसमक्ष प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएकोबारे प्रश्न गर्ने निर्णय गरेको खाणले बताए। उनले भने, ‘सभामुखलाई प्रश्न सोध्छौ, प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्छ भनेर। हाम्रो पार्टी संसदीय अभ्यासप्रति पूर्ण समर्थन छ। सभामुख साझा व्यक्तित्व हो। उहाँले यसको गरिमालाई जोगाउनुपर्छ।’
नियमावली २१९ को २ बमोजिम अबका संसदमा सभामुख कृष्णबहादुर महरा जिम्मेवार रुपमा प्रस्तुत हुनेमा कांग्रेस विश्वस्त रहेको उनको भनाई थियो। ‘सदन भनेको संसद, सभामुख र सरकार हो। एकोहोरो सरकारमात्र हैन, सरकारसँग संवाद गराउने वातावरण सभामुखले बनाउनुपर्छ,’ खाणले भने।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












