सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदैनन्ः अमेरिकी विदेशमन्त्री
एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिरियामा इरानको प्रभावलाई अन्त्य गर्ने बताएका छन् ।
इरान र इरानको पक्षका लडाकुहरु जबसम्म बाहिरिँदैनन् तबसम्म सिरियाका राष्ट्रपति बसर अल असद नियन्त्रित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग नगर्ने घोषणा पनि उनले गरेका छन् ।
अमेरिकी विदेशमन्त्री पोम्पियो हाल मिश्रको राजधानी कायरो भ्रमणमा छन् । सोही भ्रमणको क्रममा उनले सो कुरा बताएका हुन् ।
करिब तीन हप्ता पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक हटाउने घोषणा गरेका थिए । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयको आलोचना भएको थियो र सहयोगी देशहरु पनि निराश बनेका थिए ।
पोम्पियो हाल ट्रम्पको घोषणाबाट निराश बनेका देशहरुलाई भरोसा दिलाउन जुटेका छन् । उनले भनेका छन्, ‘अमेरिका आतंकविरुद्ध संघर्ष पूरा नभएसम्म फर्किने छैन । सुरक्षामा खतरा बनेका स्लामिक स्टेट समूह, अल कायदा र जिहादीलाई हराउनका लागि हामी मिलेर लड्ने छौं ।’
अमेरिकी विदेशमन्त्री पोम्पियोले पूर्वराष्ट्रपति बराक ओबामा नाम नलिइकन उनको मध्यपूर्व नीतिको आलोचना समेत गरेको बीबीसीले जनाएको छ ।
पोम्पियो भ्रमणमा रहेको मिश्रलाई मध्यपूर्वको महत्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रुपमा लिने गरिन्छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












