प्रचारका प्रविधिबारे बुझ्न नयाँ शक्तिका युवा भारत जाँदै
काठमाडौँ । नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययन गर्न भारत भ्रमणमा जाँदैछ ।
प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वको विभागको टीमले भारतीय जनता पार्टी, भारतीय कांग्रेस, आम आदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टीमलाई भेटेर सूचना तथा सञ्चार प्रविधि, सञ्चार/प्रचार रणनीतिलगायतका विषयमा अध्ययन गर्नेछ ।
प्रचार विभाग प्रमुख पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको हेडक्वार्टरले पाण्डेको नेतृत्वमा मिडिया रणनीति निर्माणका लागि अध्ययन भ्रमण गर्न र केही राजनीतिक संवाद गर्न यो टीमलाई भारत पठाउन लागेको हो ।
भ्रमणमा सुदर्शन खतिवडा, पंकज राई, प्रल्हाद पोखरेल, मनोज ढोडारी, गणेश खनाल, जनक पाण्डे र दीपक महतो सहभागी हुनेछन् । भ्रमण १० दिनको हुनेछ ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको...
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...












