बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुन्छ ।”
मन्त्री अधिकारीले सन् २०१९ को अगष्टतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य पर्यटकको ओइरो लाग्ने बताउँदै यसै वर्षदेखि मुलुकका नौ वटा विमानस्थलमा रात्रि उडान गर्ने जानकारी दिनुभयो ।
बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने बताउँदै उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई देशको सरकारी (जीटुजी) प्रक्रियामार्फत अघि बढाउने र कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको धारणा व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले रात्रि र बाह्य मुलुकसम्म उडान गर्नका लागि स्तरोन्नति भइरहेको झापाको चन्द्रगढी विमानस्थल तथा किचकबधलगायत चार वटा पर्यटकीयस्थलको निरीक्षणसमेत गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












